असार ६, २०८२ शुक्रबार | १८:०३:१३
नेपाली क्लबले पाएनन् एएफसी लाइसेन्स बिच रग्बी प्रतियाेगिता आइतबार र साेमबार एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौमा स्मिथ र लाबुसेन अस्ट्रेलियन टेस्ट टोलीबाट बाहिर मलेसिया जाने यु-१६ क्रिकेट टोलीको बिदाइ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा, प्रतीक्षा पहिलो पटक राष्ट्रिय टोलीमा पिएसजी बोटोफोगोसँग पराजित च्याम्पियन बन्ने लक्ष्यमा नेपाल इन्टर मियामीले पोर्टोलाई हरायो एट्लेटिको मड्रिडको पहिलो जित नेपाली क्लबले पाएनन् एएफसी लाइसेन्स बिच रग्बी प्रतियाेगिता आइतबार र साेमबार एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौमा स्मिथ र लाबुसेन अस्ट्रेलियन टेस्ट टोलीबाट बाहिर मलेसिया जाने यु-१६ क्रिकेट टोलीको बिदाइ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा, प्रतीक्षा पहिलो पटक राष्ट्रिय टोलीमा पिएसजी बोटोफोगोसँग पराजित च्याम्पियन बन्ने लक्ष्यमा नेपाल इन्टर मियामीले पोर्टोलाई हरायो एट्लेटिको मड्रिडको पहिलो जित

एसियन कप छनोटका लागि नेपाली टोली घोषणा, प्रतीक्षा पहिलो पटक राष्ट्रिय टोलीमा

फाइल तस्विर ।

काठमाडौं । उज्वेकिस्तानमा जुन २९ देखि हुने एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ ।

शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले एसियन कप छनोट प्रतियोगिता खेल्ने नेपाली टोली सार्वजनिक गरेको हो । 

नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले टोलीमा एक परिवर्तन गरेका छन् । नेपालले साढे दुई हप्ताअघि छनोट प्रतियोगिताको तयारीस्वरुप थाइल्यान्डसँग आधिकारिक र अनाधिकारिक गरि दुई मैत्रीपूर्ण खेल खेलेको थियो । यस टोलीबाट मिडफिल्डर सुष्मा तामाङलाई बाहिर राख्दै डे वाइल्डले रक्षक प्रतीक्षा चौधरीलाई टोलीमा समावेश गरेका छन्  ।

विभागीय टोली नेपाल एपिएफ क्लबकी रक्षक प्रतीक्षा चौधरीले उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेकी छन् ।

छनोट प्रतियोगिताको समूह ‘एफ’मा रहेको नेपालले उज्वेकिस्तानको तास्केन्दमा घरेलु टोलीसँगै लाओस र श्रीलंकासँग खेल्दैछ । नेपालसामू पहिलो पटक छनोट चरण पार गरेर एएफसी प्रतियोगिता खेल्ने अवसर छ ।

नेपाली टोली
गोलकिपर
एञ्जिला तुम्बापो सुब्बा(कप्तान), अञ्जना राना मगर, उषा नाथ

डिफेन्डर
अमृता जैशी, प्रतीक्षा चौधरी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी, मनमाया दमाई

मिडफिल्डर
अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, सरस्वती हमाल

फरवार्ड
सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल

 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team