फाल्गुन २६, २०८२ मंगलबार | ०९:३९:४६
सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी

लगातार दोस्रो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो, नेदरल्यान्ड्स ६ विकेटले पराजित

त्रिकोणात्मक ट्वान्टी-२० शृंखला अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै कुशल भुर्तेल, तस्वीर सौजन्यः क्यान ।

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिकोणात्मक ट्वान्टी-२० शृंखलामा लगातार दोस्रो जित हासिल गर्दै नेपाल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार टिटउट रंगशालामा सम्पन्न आफ्नो तेस्रो खेलमा नेपालले नेदररल्यान्ड्सविरुद्ध ६ विकेटको जित हासिल गर्यो । जितसँगै तीन खेलमा चार अंक जोडेको नेपाल नेट रनरेटमा नेदरल्यान्ड्सलाई पछाडि पार्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ५१ बलमा ६ चौकासहित सर्वाधिक ६५ रनको योगदान गरे । त्यस्तै मध्यक्रमका ब्याटर आरिफ शेखले ३९ रन जोड्दा पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका भिम सार्कीले २७ रन बनाए । १९औं ओभरको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरिको स्ट्राइकमा दुई रन लिने क्रममा आरिफ घाइते हुँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि क्रिजमा आएका लोकेश बमले अविजित १२ रन बनाए । अलराउन्डर दीपेन्द्रले पनि अविजित १६ रनको योगदान गरे ।

त्रिकोणात्मक ट्वान्टी-२० शृंखला अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै कुशल भुर्तेल, तस्वीर सौजन्यः क्यान ।

नेदरल्यान्ड्सका लागि बेन फ्लेचर, आर्यन डत्त, जाक लायन कासे र रोयलफ भान डर मेर्वेले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १७४ रनको योगफल खडा गरेको थियो ।

नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले ५३ बलमा ६ चौका र पाँच छक्कासहित सर्वाधिक ८६ रनको योगदान गरे । त्यस्तै अलराउन्डर रोयलफ भान डर मेर्वेले अविजित ३६ रनको पारी खेले । यसैगरी नवौं नम्बरमा ब्याटिङ गर्न आएका आर्यन दत्तले १७ रन जोड्दा अलराउन्डर साकिब जुल्फिकरले १४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पहिलो १० ओभरमा ९९ रन जोडेको नेदरल्यान्ड्सले ९.९ को रनरेटलाई निरन्तरता दिन सकेन ।

विकेटको खुसीः त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा नेपाली ब्याटर कुशल भुर्तेलको विकेट लिएपछि डच टोलीमा खुसी, तस्वीर सौजन्यः क्यान ।

नेपालका लागि करण केसीले चार ओभरमा ४० रन खर्चिँदै सर्वाधिक दुई विकेट लिए । त्यस्तै ललित राजवंशी, दीपेन्द्रसिंह ऐरि, रुपेश सिंह र सन्दीप लामिछानेको नाममा समान एक विकेट रह्यो । तेस्रो अन्तर्राष्ट्रिय ट्वान्टी-२० खेल खेलिरहेका रुपेश सिंहले डेब्यु विकेट लिन सफल रहे ।

यो जितसँगै नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो खेलमा बेहोरेको हारको बदला समेत लियो । पहिलो खेलमा नेदरल्यान्ड्सले नाटकीय ढंगमा नेपाललाई हराएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै तेस्रो सुपर ओभरमा गएको खेलमा नेपाल निराश बनेको थियो । आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यानडमाथि दुई विकेटको रोमाञ्चक जित हासिल गर्यो ।

नेदरल्यान्ड्सका लागि यो चौथो तथा अन्तिम खेल थियो । पहिलो खेलमा स्कटल्यान्डसँग ३९ रनले हारेको नेदरल्यान्ड्सले दोस्रो खेलमा नेपाललाई हराएको हो । अघिल्लो खेलमा नेदरल्यानड्सले स्कटल्यान्डसँग बदला लिँदै १७ रनको जित हासिल गरेको थियो । बिहीबारको हारसँगै नेदरल्यान्ड्सको उपाधि सम्भावना न्युन बनेको छ ।

विकेटको खुसीः त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा नेदरल्यान्ड्सका ब्याटर जाक लायन कासेलाई पेभिलियनको बाटो देखाएपछि नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरिको सेलेब्रेसन, तस्वीर सौजन्यः क्यान ।

डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धामा शीर्ष स्थानमा रहने टोलीले शृंखलाको उपाधि जित्नेछ । नेपाल र स्कटल्यान्डले शुक्रबार शृंखलाको अन्तिम खेलमा एकअर्कासँग खेल्नेछ । स्कटल्यान्डलाई हराए नेपाल शृंखलाको च्याम्पियन बन्नेछ । हाल तालिकाको पुछारमा रहेको स्कटल्यान्डले शुक्रबार जित हासिल गरे उपाधि आफ्नो पोल्टामा पार्नेछ ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||