माघ ३, २०८२ शनिबार | १०:०९:५३
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै

विधेयक पास भए खेलकुद धरासायी हुन्छः एनओसी अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालयले संशोधनका लागि संसदमा दर्ता गरेको खेलकुद विधेयक जस्ताकोतस्तै पारित भए खेल क्षेत्र धरासायी हुने बताएका छन् ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली खेलकुदको विकास र विस्तारका लागि नभई खेलुकदीय मान्यताविपरित सरकारी नियन्त्रण थप कसिलो पार्ने उद्देश्यका साथ विधेयक ल्याउन खोजेको एनओसी अध्यक्ष श्रेष्ठको आरोप थियो ।

मन्त्री चौधरीको अकर्मण्यताका कारण समग्र खेल क्षेत्र र खेलाडीको भविष्य नै अन्योलमा पर्ने विचार राखे । मन्त्रीको रवैयाका कारण खेल क्षेत्रमा कृयासिल विभिन्न खेल संघ, एनओसी र अन्य संस्थाहरुलाई काम गर्न अवरोध सिर्जना गरेको उनले बताए ।

दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुद, ओलम्पिक तथा अन्य ठूला अन्तर्राष्ट्रिय खेल मेलामा सहभागिता प्रक्रियामा सरकार र एनओसीबीच समन्वय हुन नसक्दा अप्ठेरो भइरहेको अनुभव एनओसी अध्यक्ष श्रेष्ठले सुनाए ।

भक्तपुरमा आयोजित एक अन्तरकृया कार्यक्रममा उनले युवा तथा खेलकुद मन्त्रालयलाई जिम्मेवार ढंगबाट अगाडि बढ्न आग्रह गरे । भारत र पाकिस्तानबीचको खराब सम्बन्धका कारण चार वर्षअघि भइसक्नुपर्ने १४औं दक्षिण एसियाली खेलकुद (साग) अहिलेसम्म हुन सकिरहेको छैन । तर, नेपालभित्र सरकार र एनओसीबीचको द्धन्दका कारण साग छलफलको विषय बन्न नसकेको बताए ।

सरकारले एनओसीलाई स्वतन्त्र ढंगले काम गर्ने वातावरण दिनुपर्ने श्रेष्ठले बताए । एनओसी अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)को चार्टरअनुसार चल्ने स्वायत्त निकाय भएको र नेपालको कानुनले पनि प्रष्टसँग त्यसलाई स्वीकारेको अवस्थामा मन्त्रालयले हस्तक्षेप गरिरहेकोमा उनले दुःखेसो पोखे ।

अदालतको आदेशविपरित साधारणसभा गरेको आरोपमा सरकारले एनओसी अवैधानिक भएको भन्दै एनओसी कार्यालयमा ताल्चा मारेको छ । युवा तथा खेलकुद मन्त्रालयको पत्रअनुसार गृह मन्त्रालयले प्रहरी पठाएर सातदोबाटोस्थित एनओसी मुख्यालय कव्जामा लिएको हो ।

अदालतको आदेश नमानेको भन्दै सरकारले एनओसीका पदाधिकारी तथा सदस्यहरुलाई विदेश भ्रमणमा समेत रोक लगाएको छ । अध्यागमनले नेपालको विमानस्थल प्रयोग गरेर विदेश आउजाउमा रोक लगाएपछि एनओसीका पदाधिकारी तथा सदस्यहरु भारतको बाटो हुँदै विदेशमा हुने कार्यक्रमहरुमा सहभागिता जनाइरहेका छन् ।

पुस दोस्रो साता सम्पन्न एनओसीको साधारणसभाले अध्यक्षमा नेपाल स्की संघका अध्यक्ष श्रेष्ठलाई निरन्तरता दिँदै १९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो । साधारणसभाबाट नेपाल र्याफ्टिङ एन्ड कनोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ महासचिवमा सर्वसम्मत भएका थिए ।

आफूहरुले एनओसीको सदस्यता नपाएको भन्दै नेपाल मोर्डन पेन्ट्राथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी संघ, नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ र नेपाल बेसबल तथा सफ्टबल संघले साधारणसभा रोकिपाउँ भन्दै अदालतमा मुद्धा दायर गरेका थिए ।

जहाँ अदालतले स्टे अर्डर जारी गरेर चुनाव नगर्न आदेश जारी गरेको थियो । एनओसीले भने अदालतको आदेश आफूहरुले नपाएको भन्दै साधारणसभा आयोजना गरेको थियो ।

अदालतमा मुद्धा परेको कारण देखाउँदै राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयले एनओसी निर्वाचनलाई अवैधानिक भन्दै आएका छन् । 

ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)को पहलमा मुद्धा दर्ता गराउने संघ र एनओसीका पदाधिकारीहरुको बीचमा कुवेतमा बैठक आयोजना गरि सहमति गरिएको थियो । दुई महिनाअघि भएको उक्त कुवेत सम्झौतामा एनओसीले तत्काल सबै पाँच संघलाई सदस्यता दिने र संघहरुले विना सर्त अदालतमा दायर गरेको मुद्धा फिर्ता लिने उल्लेख थियो । ओसिएकै नेतृत्वमा भएको उक्त सम्झौताअनुसार एनओसीले दुई महिनाअघि नै सबै संघलाई सदस्यता दिइसकेको छ भने इक्वेस्ट्रियनबाहेकका संघहरुले पनि मुद्धा फिर्ता लिइसकेका छन् । 

बिहीबारको अन्तरकृया कार्यक्रममा नेपाल भारोत्तोलन संघका अध्यक्ष एवं एनओसीका सदस्य रामकृष्ण श्रेष्ठ (बोस)ले पनि एनओसीमा सरकारले नियतवश विवाद सिर्जना गराएको कारण खेल क्षेत्र असहज अवस्थामा पुगेको बताए । उनले तत्काल संवाद र समाधानको बाटो खोज्न सरकारसँग आग्रह गरे ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate