श्रावण २, २०८२ शुक्रबार | ०३:२३:५९
श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया

नेदरल्यान्ड्सले दियो नेपाललाई १७५ रनको लक्ष्य

फाइल तस्विर ।

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा नेदरल्यान्ड्सले नेपालसामु १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार टिटउट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १७४ रनको योगफल खडा गरेको हो ।

नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले ५३ बलमा ६ चौका र पाँच छक्कासहित सर्वाधिक ८६ रनको योगदान गरे । त्यस्तै अलराउन्डर रोयलफ भान डर मेर्वेले अविजित ३६ रनको पारी खेले । यसैगरी नवौं नम्बरमा ब्याटिङ गर्न आएका आर्यन दत्तले १७ रन जोड्दा अलराउन्डर साकिब जुल्फिकरले १४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पहिलो १० ओभरमा ९९ रन जोडेको नेदरल्यान्ड्सले ९.९ को रनरेटलाई निरन्तरता दिन सकेन । 

नेपालका लागि करण केसीले चार ओभरमा ४० रन खर्चिँदै सर्वाधिक दुई विकेट लिए । त्यस्तै ललित राजवंशी, दीपेन्द्रसिंह ऐरि, रुपेश सिंह र सन्दीप लामिछानेको नाममा समान एक विकेट रह्यो । तेस्रो अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेल खेलिरहेका रुपेश सिंहले डेब्यु विकेट लिन सफल रहे ।

शृंखलामा नेदरल्यान्ड्स र नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा नेदरल्यान्ड्सले नाटकीय ढंगमा नेपाललाई हराएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै तेस्रो सुपर ओभरमा गएको खेलमा नेपाल निराश बनेको थियो । आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यानडमाथि दुई विकेटको रोमाञ्चक जित हासिल गर्यो ।

नेदरल्यान्ड्स आफ्नो अन्तिम खेल खेल्दैछ । पहिलो खेलमा स्कटल्यान्डसँग ३९ रनले हारेको नेदरल्यान्ड्सले दोस्रो खेलमा नेपाललाई हराएको हो । अघिल्लो खेलमा नेदरल्यानड्सले स्कटल्यान्डसँग बदला लिँदै १७ रनको जित हासिल गरेको थियो ।

डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धामा शीर्ष स्थानमा रहने टोलीले शृंखलाको उपाधि जित्नेछ । नेपाललाई हराए नेदरल्यान्ड्स चार खेलमा ६ अंक जोड्दै च्याम्पियन बन्नेछ ।
 


भिडियो
SABITRA BHANDARI (SAMBA) को उडान AUSTRALIAN LEAGUE तिर II Wellington Phoenix FC सँग सम्झौता II
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach