असार ५, २०८२ बिहीबार | २१:४१:१७
थ्री स्टार रेलिगेसनमा, एन्फा नेतृत्व नै दोषी भएको दाबी नेदरल्यान्ड्सले दियो नेपाललाई १७५ रनको लक्ष्य ट्वान्टी-२० अन्तर्राष्ट्रियमा भीम सार्कीको डेब्यू विधेयक पास भए खेलकुद धरासायी हुन्छः एनओसी अध्यक्ष श्रेष्ठ नेदरल्यान्ड्सविरुद्ध फिल्डिङ गर्दै नेपाल राहुल विश्वकर्मालाई सूर्य नेपाल प्रिमियरको उपाधि क्षितिज, पुरुषोत्तम, प्रकाश र नवीनलाई संयुक्त अग्रता विपिनप्रसाद शर्माको कप्तानीमा यु-१६ क्रिकेट टोली घोषणा बिबिएल अक्सनः कुनै पनि नेपाली खेलाडीमाथि लागेन बोली प्लानिङ ब्वाइज र फेकाबीच सहकार्य थ्री स्टार रेलिगेसनमा, एन्फा नेतृत्व नै दोषी भएको दाबी नेदरल्यान्ड्सले दियो नेपाललाई १७५ रनको लक्ष्य ट्वान्टी-२० अन्तर्राष्ट्रियमा भीम सार्कीको डेब्यू विधेयक पास भए खेलकुद धरासायी हुन्छः एनओसी अध्यक्ष श्रेष्ठ नेदरल्यान्ड्सविरुद्ध फिल्डिङ गर्दै नेपाल राहुल विश्वकर्मालाई सूर्य नेपाल प्रिमियरको उपाधि क्षितिज, पुरुषोत्तम, प्रकाश र नवीनलाई संयुक्त अग्रता विपिनप्रसाद शर्माको कप्तानीमा यु-१६ क्रिकेट टोली घोषणा बिबिएल अक्सनः कुनै पनि नेपाली खेलाडीमाथि लागेन बोली प्लानिङ ब्वाइज र फेकाबीच सहकार्य

क्षितिज, पुरुषोत्तम, प्रकाश र नवीनलाई संयुक्त अग्रता

काठमाडौं । श्रीमती मंगलादेवी सिंह स्मृति दोस्रो खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन बिहीबार चौथो चरणको खेल सम्पन्न हुँदा चार खेलाडीले संयुक्तरुपमा अग्रता लिएका छन् ।

काठमाडौं महानगरपालिका वडा-२७ को आयोजनामा जारी प्रतियोगितामा फिडे मास्टर क्षितिज भण्डारी, सिएम पुरुषोत्तम सिलवाल, झापाका प्रकाशचन्द्र नेपाल र पुर्व नेपाल च्याम्पियन नवीन तण्डुकारल समान चार अंकका साथ संयुक्तरूपमा शीर्ष स्थान ओगटेका छन् ।

क्षितिजले चौथो चरणमा खोटाङका धिरज राई तथा तस्रो चरणमा काठमाडौंका कुशल बेलबासेमाथी जित निकाले। यसैगरी युवा खेलाडी पुरुषोत्तमले पाँचथरका महेन्द्र कुमार साम्वाहङ्फेलाई तेस्रो चरणमा र काभ्रेका शैलेन्द्र न्यौपानेलाई चौथो चरणमा निरास बनाए ।

यता प्रकाशले तेस्रो र चौथो चरणमा क्रमशः स्याङ्जाका सुशील सुवेदी तथा काठमाडौंका जनार्दन श्रेष्ठलाई पराजित गरे । नवीनले चौथो चरणमा भक्तपुरका सन्देश थापालाई र तेस्रो चरणमा आकाश तिवारीलाई हराए ।

ज्याठास्थित अर्नपुर्ण उच्च माविको सभाहलमा भइरहेको प्रतियोगितामा दोलखाका आशिष फुयाल, ललितपुरका कमल श्रेष्ठ र सुरज महर्जन ३.५ अंकका साथ दोस्रो स्थानमा छन् ।

तेस्रो स्थानमा रहेका धिरेन राई, जनार्दन श्रेष्ठ, कुशल बेलबासे, राजन सुवेदी, भगवतीप्रसाद शर्मा, महेन्द्रकुमार साम्वाहम्फे र राजकुमार राईले तीन अंक जोडेका छन् ।  

यसैगरी महिलातर्फ रिया श्रेष्ठले तीन अंकसहित अग्रता लिएका छन् । उनलाई नेपाल च्याम्पियन सिन्दिरा जोशी, काठमाडौंकी विनिता कपाली र मोरङकी शान्ति धिमालले दुई अंकका साथ  पछ्याइ रहेकाछन् ।

स्वीस लिग प्रणाली अनुसार नवौं चरणसम्म हुने प्रतियोगिताका विजेताले २५ हजार, उपविजेताले २० हजार र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 


भिडियो
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll