फाल्गुन २१, २०८२ बिहीबार | ०७:४६:२७
आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित

‘लोगो दुरुपयोग नगर्न’ एनओसी तदर्थ समिति संयोजक प्रधानलाई ओसिएको चेतावनी

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङसँग मन्त्रालयमा भेटेपछि संयोजक प्रधानसहित तदर्थ समितिका सदस्यहरु सामूहिक तस्बिरमा ।

काठमाडौं । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानलाई आफ्नो लोगोको दुरुपयोग नगर्न चेतावनी दिएको छ ।

ओसिएका महानिर्देशक हुसेन अल मुसल्लमले आइतबार प्रधानलाई पत्र लेख्दै उनले एनओसीको लेटरहेडमा ओसिएको लोगो प्रयोग गर्नु अवैधानिक रहेको र त्यसलाई तत्काल नरोके कानूनी कार्वाही गर्ने चेतावनी दिएका छन् ।

आइओसी तथा एनओसीलाई समेत सिसी गरिएको पत्रमा प्रधानलाई सम्बोधन गर्दै हुसेनले लेखेका छन्, ‘तपाईंले आफ्ना चिठीपत्रमा नेपाल ओलम्पिक कमिटीको लेटर हेडमा ओसिएको लोगोको प्रयोग गर्नु अवैधानिक रहेको आधिकारिक रुपमा जानकारी गराउन चाहन्छौं । यो आधिकारिक चेतावनी पनि हो, तपाईंले ओसिएको लोगो प्रयोग गर्न नछोडे ओसिएले आवश्यक कानूनी कार्वाही गर्नेछ ।’

पूर्व अध्यक्ष प्रधानको संयोजकत्वमा यही भदौ ४ गते एनओसीको ९ सदस्यीय तदर्थ समिति घोषणा गरिएको थियो । सरकारको प्रत्यक्ष समर्थनमा गठित एनओसी तदर्थ समितिले जीवनराम श्रेष्ठ अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसी अवैधानिक भएको जिकिर गर्दै आफूहरुले नै नेपालमा ओलम्पिक अभियान सञ्चालन गर्ने दाबी गरेको थियो ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको प्रत्यक्ष साथ रहेको तदर्थ समितिले अर्को वर्ष जापानमा हुने एसियाली खेलकुदमा आफैले नेपाली  खेलाडीको सहभागिता गराउने दाबी गरेको थियो । तर त्यसअघि नै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई अवैधानिक भन्दै सहभागिताका लागि मन्त्री चौधरीले गरेको सरकारी प्रयासलाई एसियाली खेलकुदको आयोजक समितिले अस्वीकार गरिसकेको थियो ।

श्रेष्ठ नेतृत्वको आइओसी मान्यताप्राप्त एनओसीलाई अवैधानिक भन्दै सबैखाले सम्बन्ध विच्छेद गरेको सरकारले त्यसको विकल्प खोज्ने क्रममा तदर्थ समिति गठनको पहल गरेको थियो । सरकारी प्रयासलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) तथा ओसिएले नमानेपछि सरकारले प्रधानको नेतृत्वमा ओलम्पिक गतिविधिका पाका खेलाडीहरुको समूहलाई तदर्थ समिति बनाएर मन्त्री चौधरीले अन्तर्राष्ट्रिय सम्बन्ध स्थापनाको प्रयास गरेका थिए ।

मन्त्री चौधरीले नयाँ एनओसी गठन प्रक्रियाको अन्तिम चरणमा रहेको र चाँडै गठन गर्ने बताएको एक साता नबित्दै २३ संघको भेलाले गठन गरेको भन्दै तदर्थ समिति घोषणा गरिएको थियो । सरकारको संलग्नता प्रत्यक्ष रुपमा देखिए पनि तदर्थ समितिले भने आफूहरु स्वायत्त रुपमा गठित संस्था भएको दाबी गर्दै आएको छ ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||