काठमाडौं । नेपालले बिहीबार त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो तेस्रो खेलमा नेदरल्यान्ड्सको सामना गर्दा नेपाल लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ ।
खेल स्कटल्यान्डको टिटउट रंगशालामा नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ ।
पहिलो खेलमा नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली स्कटल्यानन्डलाई दुई विकेटले हराएको थियो ।
नेपाल रोहितकुमार पौडेलको कप्तानमा मैदान उत्रिनेछ । नेपालका लागि सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, करण केसीजस्ता खेलाडीले साथ दिनेछन् ।
स्कटल्याविरुद्धको पहिल्लो खेलमा सन्दीपले चार विकेट लिँदा कुशलले ३० रन बनाएका थिए ।
यता स्कट एडवार्डसको कप्तानीमा रहेको नेदरल्यान्ड्स पनि लगातार तेस्रो जितको लक्ष्यमा छ ।
पहिलो खेलमा स्कटल्यान्डसँग पराजित नेदरल्यान्ड्सले त्यसपछिका दुई खेलमा नेपाल र स्कटल्यान्डविरुद्ध जित दर्ता गरेको छ ।
नेदरल्यान्ड्स माइकल लेभिट, तेजा निदामानुरु, माइकल लिस्क, ब्रेन्डन म्यानकमुलनजस्ता खेलाडीका लागि मैदान उत्रिनेछ ।
पछिल्लो खेलमा लेभिटले ९० रन बनाउँदा निदामानुरुले तीन विकेट लिएका थिए ।
नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म १४ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा नेपालले पाँच र नेदरल्यान्ड्सले आठ खेल आफ्नो पक्षमा परेका छन् । एक खेल भने विना नतिजा टुंगिएको छ ।