काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले अमेरिकामा जारी फिफा क्लब विश्वकपमा विजयी सुरुआत गरेको छ ।
लिंकन फाइनान्सियल फिल्डमा बुधबार सम्पन्न खेलमा सिटीले मोरोक्काेको वायडाड एसीविरुद्ध २-० को जित निकाल्यो । जितसँगै सिटीले समूह ‘जी’ मा तीन अंक जोडेको छ ।
सिटीलाई जित दिलाउन फिल फोडेन र जेरिमी डोकुले गोल गरे ।
खेलको दोस्रो मिनेटमै फोडेनको गोलमार्फत सिटीले अग्रता लिएको थियो । साभिन्होको क्रसलाई वायाडाडका गोलकिपर एल मेहदी बेनाबिदले बचाए पनि रिबान्डलाई फोडेनले सहजै पोस्टको दिशा दिए ।
डोकुले ४२औं मिनेटाम टोलीको अग्रता दोब्बर बनाए । उनले फोडेनको कर्नरलाई हाफ भली प्रहामार्फत जाली चुमाए ।
रिको लुइसले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि ८८औं मिनेटमा सिटी १० खेलाडीमा समेटियो । बल रोक्ने क्रममा श्यामुएल ओबेङलाई लात्ताले प्रहार गरेपछि लुइसले सीधै रातो कार्डको सामना गरेका थिए ।