कार्तिक २२, २०८२ शनिबार | २०:०६:२९
टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर

एलिना थिङलाई एकल कातामा स्वर्ण

काठमाडौं । कीर्तिपुर नगरपालिकाकी एलिना थिङले काठमाडौं जिल्लाव्यापी वृहत खेलकुद अन्तर्गत करातेको महिला एकल कातामा बुधबार स्वर्ण जितेकी छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा एलिनाले तार्केश्वर नगरपालिकाकी प्रसन्न फुयाललाई पराजित गरिन् ।

नागर्जुन नगरपालिकाकी बन्दना तामाङ तथा आयोजक काठमाडौं महानगरपालिका वडा २६ की मिस्टी श्रेष्ठ तेश्रो भए । शीर्ष तीनले क्रमशः ३० हजार, १५ हजार र ५ हजार रुपैयाँ प्राप्त गरे ।

महिला टिम कुमुतेमा सोनाम शेर्पा, समिक्षा ढुंगाना, मोनिका लामा, आयुशा प्रधान र मनीषा लामासम्लित नागर्जुन टोलीले स्वर्ण पदक जित्यो । 

यसैगरी काठमाडौं महानगरपालिका ३१ का महिमा राई, आशिका राई, दिया तामाङ, नानु चौधरी र रुक्साना दनुवारले रजत तथा गोकर्णेशवरका टीकामाया जिम्मी, डोमा तामाङ, इभान जेलिना बस्नेत, यान्शु ठोकर र आयुशा तिमल्सिना तथा तार्केश्वरका करुणा गडेल, अनु मोक्तान, एलिना तामाङ, प्रतिक्षा तामाङ र सलिना तुलाधरले संयुक्तरुपमा कांस्य पदक  जिते। प

शीषै तीनले क्रमशः ५० २५ हजार र १० हजार रुपैयाँ हात पारे ।

दुई दिने प्रतियोगितामा महिलाको दुई स्पर्धामा ८० खेलाडीले प्रतिस्पर्धा गरेको करातेका संयोजक सन्तोष श्रेष्ठले जनाएका छन् । पाँच खेल समावेश बृहत खेलकुदमा दुई खेलको प्रतिस्पर्धा सकिएको छ । करातेअघि टेबल टेनिस सम्पन्न भएको थियो ।

फुटसल

पुरुष फुटसलमा वडा-२६ र वडा-१३ सेमिफाइनलमा प्रवेश गरेका छन् । 

लैनचौर खेल मैदानमा वडा २६ ले वडा-१२ लाई ९-१ तथा वडा-१३ ले वडा १४ लाई ४-३ ले पराजित गरे । 


भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।