असार ४, २०८२ बुधबार | १९:०६:३९
राहुल विश्वकर्मालाई एकल अग्रता एनएसजेएफको नयाँ कार्यसमितिलाई राखेप कर्मचारी संघको स्वागत आइसिसी महिला ट्वान्टी-२० विश्वकपको खेल तालिका सार्वजनिक बिबिएलको ड्राफ्टमा ६ नेपाली खेलाडी प्रिमियर लिगको उद्घाटन खेलमा लिभरपुल र बर्नमाउथ भिड्ने जोआन गार्सिया बार्सिलोनामा अनुबन्ध दक्षिण अफ्रिकालाई एकदिवसीय शृंखला इन्टर मिलानले अंक बाँड्यो बराबरीमा रोकियो डर्टमन्ड रिभर प्लेटकाे सुखद सुरुआत राहुल विश्वकर्मालाई एकल अग्रता एनएसजेएफको नयाँ कार्यसमितिलाई राखेप कर्मचारी संघको स्वागत आइसिसी महिला ट्वान्टी-२० विश्वकपको खेल तालिका सार्वजनिक बिबिएलको ड्राफ्टमा ६ नेपाली खेलाडी प्रिमियर लिगको उद्घाटन खेलमा लिभरपुल र बर्नमाउथ भिड्ने जोआन गार्सिया बार्सिलोनामा अनुबन्ध दक्षिण अफ्रिकालाई एकदिवसीय शृंखला इन्टर मिलानले अंक बाँड्यो बराबरीमा रोकियो डर्टमन्ड रिभर प्लेटकाे सुखद सुरुआत

दक्षिण अफ्रिकालाई एकदिवसीय शृंखला

काठमाडौं । दक्षिण अफ्रिकाले घरेलु टोली वेस्ट इन्डिजविरुद्धको महिला अन्तर्राष्ट्रिय एकदिवसीय शृंखला २-१ ले  आफ्नो पक्षमा पारेको छ ।

थ्री डब्ल्युएस ओभलमा मंगलबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा १६६ रनको फराकिलो जित दर्ता गर्यो । यसअघि वेस्ट इन्डिज चार विकेट र दक्षिण अफ्रिका ४० रनले विजयी भएका थिए ।

वर्षा बाधक बनेको खेलमा वेस्ट इन्डिजले ३९ ओभरमा २८८ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य पछ्याएको वेस्ट इन्डिज २७.५ ओभरमा १२१ रनमा समेटियो ।

पेस्ट इन्डिजका लागि जहजारा क्लाक्सटनले ४३, आलिया एलेनले ३२ र शेमेन क्याम्पबेलले १२ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि मसाबाटा क्लासले चार, नोन्कुलुलेको एमलाबा र एन्नेरी डेरकसेनले समान दुई तथा म्यारिजेन केपले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिक्षण अफ्रिकाले निर्धा ४५.५ ओभरमा ६ विकेट गुमाउँदै २७८ रनको योगफल तयार पारेको थियो ।

दक्षिण अफ्रिकाका तान्जिम ब्रिट्सले ९१ बलमा आठ चौका र चार छक्काको मद्दतले सर्वाधिक  १०१ रनको योगदान गरिन् । यसैगरी कप्तान लोरा उल्भर्ड्टले ७६ बलमा सात चौकासहित ७५, म्यारिजेन केपले अविजित ३४, एन्नेरी डेरकसेनले १२,  सिनालो जाफ्टाले ११ र क्लो ट्रियोनले १० रन बनाए ।

पहिलो विकेटका लागि ब्रिट्स र उल्भर्ड्टले १८४ रनको साझेदारी गरेका थिए । वेस्ट इन्डिजका लागि  एफी फ्लेचरले तीन तथा  जहजारा क्लाक्सटन,  आलिया एलेन र कप्तान हेली म्याथ्युजले समान एक विकेट लिए ।


भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?