काठमाडौं । नेपालले त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो दोस्रो खेलमा घरेलु टोली स्कटल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
स्कटल्यान्डको टिटउट रंगशालामा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिए ।
नेपाल पहिलो जितको लक्ष्यमा छ । नेपालले पहिलो खेलमा सोमबार तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्ससँग हार बेहोरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा तेस्रो सुपर ओभरमा गएको यो पहिलो खेल हो ।
नेपालले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा पहिलो पटक स्कटल्यान्ड्सको सामना गर्न लागेको हो । यसैगरी यी दुई टोली १२ वर्षपछि ट्वान्टी-२० खेलमा आमने-सामने हुँदैछन् ।
पछिल्लो पटक सन् २०१३ मा भएको खेलमा स्टकल्यान्ड आठ विकेटले विजयी भएको थियो ।
यता स्कटल्यान्ड लगातार दोस्रो जितको खोजीमा छ । स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्डलाई ३९ रनले पराजित गरेको थियो ।