असार ३, २०८२ मंगलबार | १४:५३:२५
एनएसजेफसँगको मैत्रीपूर्ण खेलमा एन्फा विजयी एकदिवसीय क्रिकेटबाट संन्यास लिने सोफी डिभाइनको घोषणा एमबिएएन स्पोर्टस मिट शुक्रबार र शनिबार हुने पहिलो जितको लक्ष्यमा नेपाल बेन्फिकाले बोका जुनियरलाई बराबरीमा रोक्यो चेल्सीको विजयी सुरुआत तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले बाजी मार्याे, १००औं ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल पराजित अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ इतिहासः नेपाल र नेदरल्यान्ड्सबीचको खेल तेस्रो सुपर ओभरमा पुग्यो नेदरल्यान्ड्स र नेपालबीच फेरि अर्को सुपर ओभर नेदरल्यान्ड्स र नेपालबीचको खेल सुपर ओभरमा एनएसजेफसँगको मैत्रीपूर्ण खेलमा एन्फा विजयी एकदिवसीय क्रिकेटबाट संन्यास लिने सोफी डिभाइनको घोषणा एमबिएएन स्पोर्टस मिट शुक्रबार र शनिबार हुने पहिलो जितको लक्ष्यमा नेपाल बेन्फिकाले बोका जुनियरलाई बराबरीमा रोक्यो चेल्सीको विजयी सुरुआत तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले बाजी मार्याे, १००औं ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल पराजित अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ इतिहासः नेपाल र नेदरल्यान्ड्सबीचको खेल तेस्रो सुपर ओभरमा पुग्यो नेदरल्यान्ड्स र नेपालबीच फेरि अर्को सुपर ओभर नेदरल्यान्ड्स र नेपालबीचको खेल सुपर ओभरमा

तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले बाजी मार्याे, १००औं ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल पराजित

त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाली खेलाडी नन्दन यादव, तस्वीर सौजन्यः क्यान ।

काठमाडौं ।अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ इतिहास रचिएको दिन नेदरल्यान्ड्सले स्कटल्यान्डमा जारी त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नाटकीय जित हासिल गरेको छ ।

याे  नेपालका लागि  १००औं ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल थियाे । सोमबार टिटउट रंगशालामा सम्पन्न खेल तेस्रो सुपर ओभरमा धकेलिएको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि कुनै पनि तेस्रो सुपर ओभरमा पुगेको थिएन ।

पहिलो सुपर ओभरमा सुरुआती ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र कप्तान रोहित पौडेलको जोडीले ड्यानियल डोरमको बलिङमा १९ रनको योगफल तयार पारेको थियो । जसमा कुशल एक्लैले दुई छक्का र एक चौकासहित १८ रन जोडेका थिए । जवाफी ब्याटिङमा उत्रिएको डच टोलीका लागि माइकल लेभिट र म्याक्स ओ’ डोउडको जोडीले करण केसीको बलिङमा मात्र १९ रन बनाउन सक्यो ।

दोस्रो सुपर ओभरमा ओ’ डोउडसँग क्रिजमा उत्रिए कप्तान स्कट एडवार्ड । यसपालि कप्तान रोहितले बलिङको जिम्मेवारी ललित राजवंशीलाई दिए । एडवार्ड र ओ’ डोउडको जोडीले दुई छक्कासहित १७ रन बनाए । जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि रोहित र दीपेन्द्रसिंह ऐरिले पनि ६ बलमा १७ रनभन्दा बढी बनाउन सकेनन् । काइल क्लेइनको बलिङमा नेदरल्यान्ड्स जितको एकदमै नजिक थियो । तर, अन्तिम बलमा नेपाललाई जितका लागि सात रन आवश्यक परेको स्थितिमा दीपेन्द्रसिंहले छक्का प्रहार गर्दै खेललाई तेस्रो सुपर ओभरमा धकेलेका थिए ।

त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध सुपर ओभरमा ब्याटिङ गर्दै नेपाली ब्याटर कुशल भुर्तेल, तस्वीर सौजन्यः क्यान ।

तेस्रो सुपर ओभरमा नेपालले एक रन पनि जोड्न सकेनन् । विपक्षी बलर ज्याक लायन–क्याचेटले रोहित पौडेललाई पहिलो बलमै बोल्ड गरे । त्यसपछि दीपेन्द्रलाई क्रिजमा साथ दिन आएका रुपेश सिंहलाई पनि क्याचेटले कप्तान एडवार्डबाट क्याच आउट गराए । अब जितका लागि नेदरल्यान्ड्सलाई मात्र एक रन आवश्यक रह्यो । जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सका लागि माइकल लेभिटले पहिलो बलमै छक्का प्रहार गरे ।

यसअघि नेदरल्यान्ड्सले प्रस्तुत गरेको १५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको हो । नाटकीय २०औं ओभरको अन्तिम बलमा नेपाललाई जितका लागि पाँच रन आवश्यक थियो । अन्तिम नम्बरमा आएका ब्याटर नन्दन यादवले चौका प्रहार गरेपछि खेल सुपर ओभरमा पुगेको थियो ।

यसै खेलमार्फत नेपालका लागि ब्याटर किरण ठगुन्न र अलराउन्डर रुपेश (सिंह)ले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरे ।

सोमबारको नतिजासँगै शृंखलामा नेदरल्यान्ड्स दुई अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेदरल्यान्ड्सले आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग ३९ रनको पराजय बेहोरेको थियो ।

 नेपालको भने यो पहिलो खेल हो । आफ्नो दोस्रो खेलमा नेपालले मंगलबार स्कटल्यान्डसँग खेल्नेछ । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे हुनेछ ।


भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?