असार ३, २०८२ मंगलबार | १८:४४:०३
साना राष्ट्रका लागि चार दिने टेस्ट खेलाउने तयारीमा आइसिसी भिनिसियस जुनियरमाथि दुर्व्यबहार गर्ने एथलेटिकाे मड्रिडका चार समर्थलाई सजाय एनएसजेफसँगको मैत्रीपूर्ण खेलमा एन्फा विजयी एकदिवसीय क्रिकेटबाट संन्यास लिने सोफी डिभाइनको घोषणा एमबिएएन स्पोर्टस मिट शुक्रबार र शनिबार हुने पहिलो जितको लक्ष्यमा नेपाल बेन्फिकाले बोका जुनियरलाई बराबरीमा रोक्यो चेल्सीको विजयी सुरुआत तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले बाजी मार्याे, १००औं ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल पराजित अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ इतिहासः नेपाल र नेदरल्यान्ड्सबीचको खेल तेस्रो सुपर ओभरमा पुग्यो साना राष्ट्रका लागि चार दिने टेस्ट खेलाउने तयारीमा आइसिसी भिनिसियस जुनियरमाथि दुर्व्यबहार गर्ने एथलेटिकाे मड्रिडका चार समर्थलाई सजाय एनएसजेफसँगको मैत्रीपूर्ण खेलमा एन्फा विजयी एकदिवसीय क्रिकेटबाट संन्यास लिने सोफी डिभाइनको घोषणा एमबिएएन स्पोर्टस मिट शुक्रबार र शनिबार हुने पहिलो जितको लक्ष्यमा नेपाल बेन्फिकाले बोका जुनियरलाई बराबरीमा रोक्यो चेल्सीको विजयी सुरुआत तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले बाजी मार्याे, १००औं ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल पराजित अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ इतिहासः नेपाल र नेदरल्यान्ड्सबीचको खेल तेस्रो सुपर ओभरमा पुग्यो

एनएसजेफसँगको मैत्रीपूर्ण खेलमा एन्फा विजयी

एन्फा र एनएसजेएफ प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) सँगको मैत्रीपूर्ण खेलमा अखिल नेपाल फुटबल संघ (एन्फा) १०-२ ले विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मंगलबार सम्पन्न खेलमा एन्फालाई जित दिलाउन महासचिव किरण राई र केन्द्रिय सदस्य टिका लामाले ह्याट्रिक गर्दा पंकज शाही, विनोद डंगोल, जयोज नरसिंह श्रेष्ठ र राजेश शाहीले समान एक गोल थपे । एनएसजेएफका लागि अनिश श्रेष्ठ र कार्यसमिति सदस्य अभिनव जोशीले गोल फर्काए ।

एन्फाकाे टोलीबाट अध्यक्ष पंकजविक्रम नेम्वाङ, राष्ट्रिय महिला फुटबल टोलीका सहायक प्रशिक्षक राजेन्द्र तामाङ, एन्फा एकेडेमी प्रमुख नवीन न्यौपानेलगायतका पदाधिकारी र पूर्व खेलाडीले खेलेका थिए ।

 रेफ्रीलाई बल हस्तान्तरण गर्दै  दक्षिण एसियाली फुटबल महासंघ (साफ) का महासचिव पुरुषाेत्तम कट्टेल (बायाँ), तस्विर: सराेज सापकाेटा/ खेलाडी ।

एनएजेएफकोतर्फबाट उपाध्यक्ष सञ्जिव शिल्पकार, कार्यसमिति सदस्य कविरस शर्मा र रमेश सुवेदीसहित साधारण सदस्यले खेलेका थिए ।

यसैगरी खेलमा एनएसजेफका अध्यक्ष निरञ्जन अघिकारी, वरिष्ठ उपाध्यक्ष प्रज्वल ओली, महासचिव अञ्जन खड्का, एन्फा प्रवक्ता सुरेश शाहलगायतको उपस्थिति थियो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) का महासचिव पुरुषाेत्तम कट्टेलले रेफ्रीलाई बल हस्तान्तरण गरेर मैत्रीपूर्ण खेलको सुरुआत गरेका थिए ।


भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?