मंसिर २०, २०८२ शनिबार | १३:५६:२३
हेजलेट पनि अर्धशतक बनाउँदै पवेलियन फर्किए सुदूरपश्चिमविरुद्ध अर्धशतक बनाउँदै पवेलियन फर्किए डुप्लेसी सुदूरपश्चिमविरुद्ध विराटनगरको आक्रमक ब्याटिङ सुरुआत विराटनगरलाई सुदूरपश्चिमको मध्यम लक्ष्य जय पनि अस्ट्रेलियामा साफ महिला फुटबलमा थपिँदै नयाँ आयाम नर्वेलाई विश्वकप पुर्‍याउने ‘गोल मेसिन’ एसिया कपलाई प्रिमियर कपको अनुभवले धान्ला ? सम्झनामा ‘जज’ भनेर चिनिने रोबिन स्मिथ एनपीएलका शतकको रोचक संयोगः तीनै जना ओपनरको अविजित इनिङ हेजलेट पनि अर्धशतक बनाउँदै पवेलियन फर्किए सुदूरपश्चिमविरुद्ध अर्धशतक बनाउँदै पवेलियन फर्किए डुप्लेसी सुदूरपश्चिमविरुद्ध विराटनगरको आक्रमक ब्याटिङ सुरुआत विराटनगरलाई सुदूरपश्चिमको मध्यम लक्ष्य जय पनि अस्ट्रेलियामा साफ महिला फुटबलमा थपिँदै नयाँ आयाम नर्वेलाई विश्वकप पुर्‍याउने ‘गोल मेसिन’ एसिया कपलाई प्रिमियर कपको अनुभवले धान्ला ? सम्झनामा ‘जज’ भनेर चिनिने रोबिन स्मिथ एनपीएलका शतकको रोचक संयोगः तीनै जना ओपनरको अविजित इनिङ

राहुल र सुवासलाई संयुक्त अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम तथा सर्वाधिक प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन मंगलबार एमेच्योर राहुल विश्वकर्मा र प्रो सुवास तामाङ संयुक्तरुपमा अग्रता लिएका छन् ।

समग्रमा १०-अन्डर १३४ को स्कोरमा उनीहरूले सद्भाव आचार्यलाई २ स्ट्रोकले पछि पारे । राहुलले आज ७-अन्डर ६५ को सानदार प्रदर्शन गरे । सुवासले ६-अन्डर ६६ को स्कोर दर्ज गरे ।

सदभावले दिनकै उत्कृष्ट ८-अन्डर ६४ को स्कोर निकाले ।  समग्रमा ८-अन्डर १३६ सहित उनी तेस्रो स्थानमा उक्लिए ।

समग्रमा ७-अन्डर १३७ का साथ निरज तामाङ चौथो स्थानमा छन् । उनले आज ५-अन्डर ६७ मा खेल सकाए । समग्रमा ६-अन्डर १३८ स्कोरकासाथ भुटानका एमेच्योर खेलाडी निम दोर्जी तामाङले पाँचौं स्थानमा रहे । उनले आज ३-अन्डर ६९ को स्कोर जोडे । एमेच्योर वाङ्चेन ढोन्डुप ४-अन्डर ६८ स्कोर सहित समग्रमा ५-अन्डर १३९ सहित छैटौं स्थानमा उक्लिए ।

यस्तै समग्रमा ३-अन्डर १४१ को स्कोरमा दिनेश प्रजापति र भुवन नगरकोटी संयुक्तरुपमा सातौं स्थानमा रहे। दिनेशले ३-अन्डर ६९ र भुवनले इभन-पार ७२ मा खेल सकाए। कृष्णमान राजबाहक र पहिलो दिनका लिडर रवि खड्का समग्रमा २-अन्डर १४२ को स्कोरमा संयुक्तरुपमा नवौं स्थानमा छन् । कृष्णमानले ३-अन्डर ६९ र रविले ३-ओभर ७५ को स्कोरमा दोस्रो दिनको खेल सकाए ।

राहुलले आज फ्रन्ट नाइन बोगीरहित खेले । पहिलो, दोस्रो, छैटौं र नवौं होलमा बर्डी प्रहार गर्दै पहिलो नौ होलको खेल ४-अन्डर ३२ खेले । यसपछि उनले ११औं होलमा एक सट खेर फाले ।  तर १०, १२, १७ र १८औं होलको बर्डीले ब्याक नाइन ३-अन्डर ३३ मा सकाए ।

सुवासले फ्रन्ट नाइन र ब्याक नाइन दुवै ३-अन्डर ३३ खेले । उनले पहिलो, तेस्रो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दा पाँचौं र आठौं होलमा एक/एक सट खेर फाले । त्यसपछि बोगी रहित ब्याक नाइन खेल्ने क्रममा १० देखि १२औं होलमा लगातार तीन बर्डी खेल्दा बाँकी ६ होलमा पार बचाए ।

सद्भावले फ्रन्ट नाइनमा ७-अन्डर २९ को प्रभावशाली प्रदर्शन गरे । बोगी रहित फ्रन्ट नाइन खेल्ने क्रममा पहिलो, तेस्रो, चौथो तथा छैटौ देखि नवौं होलमा लगातार चार बर्डीको सफलता प्राप्त गरे। यसपछि ११ र १२औं होलमा पनि एक–एक सट बचाए । तर चार पारको १८औं होलमा एक सट खेर फाले ।  ब्याक नाइन १-अन्डर ३५ मा सकाए ।

३६ होलको समाप्तीमा ६-ओभर १ ५० सम्म स्कोर गर्ने २२ प्रोफेसनल र ६ एमेच्योर खेलाडी गरी कुल २८ गल्फरले कट बनाएका छन् ।

सञ्जय लामा, धनबहादुर थापा, शुक्रबहादुर राई, दीपक मगर, विष्णुप्रसाद शर्मा, तोरणविक्रम शाही, जयराम श्रेष्ठ, भुवनकुमार रोक्का, प्रदीप कुमार लामा, रामे मगर, रमेश अधिकारी, टंकबहादुर कार्की, रामकृष्ण श्रेष्ठ, वसन्तराज गुरुङ, शिवराम पौडेल र बलभद्र राईले कट बनाए । यस्तै एमेच्योर गल्फर टासी छिरिङ र पदमहाङ लिम्बु कट बनाउन सफल रहे ।


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas