मंसिर २७, २०८२ शनिबार | ०१:३९:१९
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत

राहुल र सुवासलाई संयुक्त अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम तथा सर्वाधिक प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन मंगलबार एमेच्योर राहुल विश्वकर्मा र प्रो सुवास तामाङ संयुक्तरुपमा अग्रता लिएका छन् ।

समग्रमा १०-अन्डर १३४ को स्कोरमा उनीहरूले सद्भाव आचार्यलाई २ स्ट्रोकले पछि पारे । राहुलले आज ७-अन्डर ६५ को सानदार प्रदर्शन गरे । सुवासले ६-अन्डर ६६ को स्कोर दर्ज गरे ।

सदभावले दिनकै उत्कृष्ट ८-अन्डर ६४ को स्कोर निकाले ।  समग्रमा ८-अन्डर १३६ सहित उनी तेस्रो स्थानमा उक्लिए ।

समग्रमा ७-अन्डर १३७ का साथ निरज तामाङ चौथो स्थानमा छन् । उनले आज ५-अन्डर ६७ मा खेल सकाए । समग्रमा ६-अन्डर १३८ स्कोरकासाथ भुटानका एमेच्योर खेलाडी निम दोर्जी तामाङले पाँचौं स्थानमा रहे । उनले आज ३-अन्डर ६९ को स्कोर जोडे । एमेच्योर वाङ्चेन ढोन्डुप ४-अन्डर ६८ स्कोर सहित समग्रमा ५-अन्डर १३९ सहित छैटौं स्थानमा उक्लिए ।

यस्तै समग्रमा ३-अन्डर १४१ को स्कोरमा दिनेश प्रजापति र भुवन नगरकोटी संयुक्तरुपमा सातौं स्थानमा रहे। दिनेशले ३-अन्डर ६९ र भुवनले इभन-पार ७२ मा खेल सकाए। कृष्णमान राजबाहक र पहिलो दिनका लिडर रवि खड्का समग्रमा २-अन्डर १४२ को स्कोरमा संयुक्तरुपमा नवौं स्थानमा छन् । कृष्णमानले ३-अन्डर ६९ र रविले ३-ओभर ७५ को स्कोरमा दोस्रो दिनको खेल सकाए ।

राहुलले आज फ्रन्ट नाइन बोगीरहित खेले । पहिलो, दोस्रो, छैटौं र नवौं होलमा बर्डी प्रहार गर्दै पहिलो नौ होलको खेल ४-अन्डर ३२ खेले । यसपछि उनले ११औं होलमा एक सट खेर फाले ।  तर १०, १२, १७ र १८औं होलको बर्डीले ब्याक नाइन ३-अन्डर ३३ मा सकाए ।

सुवासले फ्रन्ट नाइन र ब्याक नाइन दुवै ३-अन्डर ३३ खेले । उनले पहिलो, तेस्रो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दा पाँचौं र आठौं होलमा एक/एक सट खेर फाले । त्यसपछि बोगी रहित ब्याक नाइन खेल्ने क्रममा १० देखि १२औं होलमा लगातार तीन बर्डी खेल्दा बाँकी ६ होलमा पार बचाए ।

सद्भावले फ्रन्ट नाइनमा ७-अन्डर २९ को प्रभावशाली प्रदर्शन गरे । बोगी रहित फ्रन्ट नाइन खेल्ने क्रममा पहिलो, तेस्रो, चौथो तथा छैटौ देखि नवौं होलमा लगातार चार बर्डीको सफलता प्राप्त गरे। यसपछि ११ र १२औं होलमा पनि एक–एक सट बचाए । तर चार पारको १८औं होलमा एक सट खेर फाले ।  ब्याक नाइन १-अन्डर ३५ मा सकाए ।

३६ होलको समाप्तीमा ६-ओभर १ ५० सम्म स्कोर गर्ने २२ प्रोफेसनल र ६ एमेच्योर खेलाडी गरी कुल २८ गल्फरले कट बनाएका छन् ।

सञ्जय लामा, धनबहादुर थापा, शुक्रबहादुर राई, दीपक मगर, विष्णुप्रसाद शर्मा, तोरणविक्रम शाही, जयराम श्रेष्ठ, भुवनकुमार रोक्का, प्रदीप कुमार लामा, रामे मगर, रमेश अधिकारी, टंकबहादुर कार्की, रामकृष्ण श्रेष्ठ, वसन्तराज गुरुङ, शिवराम पौडेल र बलभद्र राईले कट बनाए । यस्तै एमेच्योर गल्फर टासी छिरिङ र पदमहाङ लिम्बु कट बनाउन सफल रहे ।


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II