असार ६, २०८२ शुक्रबार | २३:३१:४५
स्कटल्यान्डलाई त्रिकोणात्मक शृंखला, निर्णायक खेलमा नेपाल पराजित नेपाललाई पहिलो झट्का, भुर्तेल चार रन बनाउँदै पेभिलियन फर्किए स्कटल्यान्डले दियो नेपाललाई १९४ रनको लक्ष्य बिली जिन किङ कपः नेपाललाई पाँचौं स्थान स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल नेपाली क्लबले पाएनन् एएफसी लाइसेन्स बिच रग्बी प्रतियाेगिता आइतबार र साेमबार एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौमा स्मिथ र लाबुसेन अस्ट्रेलियन टेस्ट टोलीबाट बाहिर मलेसिया जाने यु-१६ क्रिकेट टोलीको बिदाइ स्कटल्यान्डलाई त्रिकोणात्मक शृंखला, निर्णायक खेलमा नेपाल पराजित नेपाललाई पहिलो झट्का, भुर्तेल चार रन बनाउँदै पेभिलियन फर्किए स्कटल्यान्डले दियो नेपाललाई १९४ रनको लक्ष्य बिली जिन किङ कपः नेपाललाई पाँचौं स्थान स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल नेपाली क्लबले पाएनन् एएफसी लाइसेन्स बिच रग्बी प्रतियाेगिता आइतबार र साेमबार एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौमा स्मिथ र लाबुसेन अस्ट्रेलियन टेस्ट टोलीबाट बाहिर मलेसिया जाने यु-१६ क्रिकेट टोलीको बिदाइ

स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं । नेपालले त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा घरेलु टोली स्कटल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

शुक्रबार टिटउट रंगशालामा स्कटल्यान्डका कप्तान रिची बेरिङटनले टस जितेर फिल्डिङको निर्णय लिए ।

तीन खेलमा चार अंक जोडेको नेपाल अंकतालिकाको शीर्ष स्थानमा छ । तालिकाको पुछारमा रहेको स्कटल्यान्डले समान खेलमा चार अंक जोडेको छ । स्कटल्यान्डलाई पराजित गरे नेपालले शृंखला जित्नेछ । उता नेपालभन्दा राम्रो नेट रनरेट भएका कारणले स्कटल्यान्डलाई पनि उपाधि जित्ने अवसर छ ।

नेपालले टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर करण केसीलाई आराम दिइएको छ । उनको स्थानमा मुख्य प्रशिक्षक स्टुअर्ट लले अर्का तीव्र गतिका बलर रिजन ढकाललाई मौका दिएका छन् ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले त्यसपछि स्कटल्यान्ड र नेदरल्यान्ड्सलाई हराएको थियो । उता पहिलो खेलमा नेदरल्यान्ड्सलाई हराएको स्कटल्यान्डले त्यसपछि नेपाल र नेदरल्यान्ड्ससँग हार बेहोरेको थियो ।

डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि अंकतालिकाको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

स्कटल्यान्ड र नेपालबीचको खेल नेपाली समय अनुसार ७ः४५ बजे हुनेछ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team