श्रावण २, २०८२ शुक्रबार | ०३:२९:२०
श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया

स्कटल्यान्डलाई त्रिकोणात्मक शृंखला, निर्णायक खेलमा नेपाल पराजित

स्कटल्यान्डमा सम्पन्न त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा घरेलु टोली र नेपाल प्रतिस्पर्धा गर्दै, तस्वीर सौजन्यः क्यान ।

काठमाडौं । नेपाललाई ३६ रनले पराजित गर्दै घरेलु टोली स्कटल्यान्ड त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको च्याम्पियन बनेको छ ।

शुक्रबार टिटउट रंगशालामा सम्पन्न अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको १९४ रनको लक्ष्य नेपालले पछ्याउन सकेन ।  १८.५ ओभरमा सबै विकेट गुमाएको नेपालले मात्र १५९ रन बनाउन सक्यो ।

नेपालका लागि तल्लो क्रमका ब्याटर रुपेश सिंहले २२ बलमा एक चौका र तीन छक्कासहित अविजित ४३ रनको योगदान गरे । त्यस्तै अलराउन्डर दीपेन्द्रसिंह ऐरिले ३४ रन बनाउँदा कप्तान रोहित पौडेलले २७ रन जोडे । यसैगरी ओपनर आसिफ शेखले १४ र भिम सार्कीले १२ रन बनाए । यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

स्कटल्यान्डका लागि क्रिस ग्रीभ्सले तीन ओभरमा २७ रन खर्चिँदै सर्वाधिक तीन विकेट लिए । त्यस्तै सफ्यान शरीफले दुई विकेट हासिल गर्दा ब्रेन्डन म्याकमुलन, मार्क वाट र माइकल लिस्कको नाममा समान एक विकेट रह्यो ।

नेपालले पहिलो ओभरको चौथो बलमै सुरुआती विकेट गुमायो । बिहीबार नेदरल्यान्ड्सविरुद्ध अर्धशतकीय पारी खेलेका ओपनर कुशल भुर्तेल चार रन बनाउँदै पेभिलियन फर्किए । उनी म्याकमुलनको बलमा म्याकक्रियाथबाट क्याच भए ।

नेपालले दोस्रो विकेटका रुपमा भिम सार्कीलाई गुमायो । दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेलिरहेका भिम सफ्यान सरीफको बलमा मार्क वाटबाट क्याच भए । जतिबेला नेपालले स्कोरबोर्डमा ३० रन जोडेको थियो । चार रनपछि ओपनर आरिफ सेख दूर्भाग्यजनक तरिकाले रन आउटको शिकार बने । कप्तान रोहित पौडेलले मिड विकेटतर्फ बल प्रहार गरेपछि आसिफ एक रनका लागि दौडिएका थिए । तर, म्याकक्रियाथले चलाखीपूर्ण ढंगले ‘क्विक थ्रो’मा ‘स्टम्प बेल्स’ झारिदिए ।

पावरप्लेको अन्तिम ओभरमा आरिफ सेख सरीफको बलमा बोल्ड भए । उनले पाँच रन मात्र बनाउन सके । त्यसपछि आएका अलराउन्डर दीपेन्द्रसिंहले रोहितसँग मिलेर ४२ रनको साझेदारी गर्दै पारीलाई सम्हाल्ने प्रयास गरे । तर, ११औं ओभरमा रोहित मार्क वाटको बलमा क्रिस ग्रीभ्सबाट क्याच भए । जतिबेला नेपालले ८२ रन जोडेको थियो । सात रन बन्न नपाउँदै लोकेश बमलाई माइकल लिस्कले पेभिलियनको बाटो देखाए । लोकेश म्याकक्रियाथबाट क्याच भए ।

लोकेशको विकेटको पतनपछि अब नेपालको एकमात्र आशा दीपेन्द्रसिंह थिए । दीपेन्द्रले रुपेश सिंहसँग मिलेर पारीलाई उकास्ने प्रयास गरे । तर, १६औं ओभरको पहिलो बलमा ग्रीभ्सले उनलाई बोल्ड गरे । नेपालले आठौं विकेटका रुपमा सन्दीप लामिछानेलाई गुमायो । पहिलो बलमै आउट भएका सन्दीपलाई पनि ग्रीभ्सले बोल्ड गरे ।

आफ्नो तेस्रो ओभरमा ग्रीभ्सले रिजन ढकाललाई आफ्नो शिकार बनाए । १९औं ओभरमा ललित राजवंशी म्याकमुलनको ओभरमा मुन्सेबाट रनआउट भए ।

त्यसअघि टस जितेर ब्याटिङको निर्णय गरेको स्कटल्यान्डले ओपनर जोर्ज मुन्सेको अर्धशतकीय पारीप्रेरित २० ओभरको समाप्तिमा ५ विकेट गुमाउँदै १९३ रनको योगफल खडा गरेको थियो । स्कटल्यान्डका लागि मुन्सेले ३९ बलमा पाँच चौका र ६ छक्कासहित ७९ रनको पारी खेले । यस्तै ब्याटिङ अलराउन्डर ब्रेन्डन म्याकमुलनले ३० बलमा चार चौका र एक छक्कासहित ४२ रनको योगदान गरे ।

यसबाहेक अलराउन्डर माइकल लिस्कले २६ र विकेटकिपर म्याथिउ क्रसले १७ रन बनाए । छैटौं विकेटका लागि ४८ रनको साझेदारी गरेका दुबै अविजित रहे ।

नेपालका लागि कुशल भुर्तेलले दुई ओभरमा २० रन खर्चिँदै सर्वाधिक दुई विकेट लिए । त्यस्तै रुपेश सिंह, सन्दीप लामिछाने र ललित राजवंशीले समान एक विकेट हात पारे ।

नेपालले चौथो ओभरको दोस्रो बलमा पहिलो विकेट हासिल गरेको थियो । ओपनर मार्क वाट रुपेशको बलमा बोल्ड भए । त्यसपछि आएका म्याकमुलनले मुन्सेसँग मिलेर एक सय रनको साझेदारी गरे । स्कटल्यान्डले दोस्रो विकेटका रुपमा मुन्सेलाई गुमायो । बलिङको पहिलो ओभरमै कुशलले नेपाललाई ब्रेक थ्रु दिलाए । शतकीय पारीतर्फ अग्रसर मुन्सेलाई कुशलले १३औं ओभरको चौथो बलमा कप्तान रोहित पौडेलबाट क्याच गराए ।

स्कोरबोर्डमा दुई रन बढ्न नपाउँदै म्याकमुलन १४औं ओभरको पहिलो बलमा सन्दीपबाट बोल्ड भए । थप ९ रन जोड्न नपाउँदै दुई खेलाडी पेभिलियन फर्किए । १५औं ओभरको पहिलो बलमा मध्यक्रमका ब्याटर फिनले म्याकक्रियथ ललितको बलमा सन्दीपबाट क्याच भए । उनले मात्र एक रन जोडे । कप्तान रिची बेरिङटन भुर्तेलको दोस्रो ओभरमा लोकश बमबाट क्याच भए । उनले ९ रनबाहेक बढी बनाउन सकेनन् ।

डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि अंकतालिकाको शीर्ष स्थानमा रहँदै स्कटल्यान्डले शृंखलाको उपाधि जितेको हो । समान अंक भएपनि स्कटल्यान्डले नेपाल र नेदरल्यान्ड्सलाई नेट रनरेटमा पछाडि पार्यो । तीनवटै टोलीले चार खेलमा दुई जित र दुई हारका साथ चार अंक जोडे ।


भिडियो
SABITRA BHANDARI (SAMBA) को उडान AUSTRALIAN LEAGUE तिर II Wellington Phoenix FC सँग सम्झौता II
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach