काठमाडौं । पेरिस सेन्ट जर्मन (पिएसजी) को त्यो टिमलाई झन् बलियो कसरी बनाउने ? सायद ठाउँ नै थिएन । किनभने पिएसजीसँग ओस्माने डेम्बेले, ब्राड्ली बार्कोला, डिजायर डुए र गोन्सालो रामोस थिए । यत्तिका प्रतिभावान् आक्रामक खेलाडी हुँदाहुँदै अब को थप्ने ?
यद्यपि पिएसजीमा समस्या छँदै थिएन भन्ने होइन । गएको सिजन फ्रान्सेली लिगमा बढी ध्यान दिइरहेको पिएसजी च्याम्पियन्स लिगमा संघषरत थियो । जनवरी २४ मा पुग्दा पिएसजीले च्याम्पियन्स लिग समूह चरणका लगातार चार खेलमा ‘क्लिनसिट’ राख्न सकेको थिएन ।
मिडफिल्डमा जाओ नेभेसले अप्त्यारिलो पारामा बल गुमाएपछि पिएसजीले पिएसभी आन्इडहोभनसँग गोल खाएको थियो । त्यसपछि पार्क डी प्रिन्सेसमै एट्लेटिको मड्रिडले ९३औँ मिनेटमा गोल गरेको थियो । यसपालि पीएसजीले गोल काउन्टर अट्याकमा खाएको थियो। यसरी लगातार आफ्नै गल्तीमा गोल खाइरहेपछि पीएसजी युरोपेली फुटबलमा सम्हालिन सकिरहेको थिएन ।
लिभरपुलले ११ करोड पाउन्डभन्दा बढी खर्च गरेर जर्मनीका फ्लोरियन विट्ज भित्र्याएको छ । उनी हाल विश्व फुटबलका सबैभन्दा उम्दा नम्बर १० मानिन्छन् ।
यस्तोमा अनुमान थियो, जनवरीको खेलाडीको सरुवा बजार खुलेपछि पिएसजीले रक्षापंक्तिका खेलाडी खरिद गर्नेछ । तर पिएसजीले भिचा काभरसेलिया रोज्यो । उनी रक्षक होइन, फरवार्ड थिए । त्यो पनि यस्तो फरवार्ड जो २४ वर्ष मात्र पुग्न लागेका थिए । त्यसमाथि तेज गतिमा खेल्नसक्ने, प्राविधिक रुपमा निपूर्ण, खतरा मोलेर खेल्नसक्ने विशेषगरि वान भर्सेस वानमा । जर्जियाका काभरसेलिया जब खेल्न थाले, तब यसो भन्न करै लाग्यो, उनी जस्ता खेलाडी धेरै छैनन् ।

गत सिजन इङ्लिस प्रिमियर लिग जितेको लिभरपुलले सर्वाधिक गोल गरेको थियो । त्यसैगरि विपक्षीको पोस्टमा प्रहार गर्ने र गोलका अवसर सिर्जना गर्ने मामलामा अरु टिमभन्दा लिभरपुल नै अगाडि थियो । यति हुँदाहुँदै पनि लिभरपुलले आफूलाई यी पक्षमा आफू अझैँ बलियो हुनुपर्ने ठानेको छ । त्यहीभएर लिभरपुलले ११ करोड पाउन्डभन्दा बढी खर्च गरेर जर्मनीका फ्लोरियन विट्ज भित्र्याएको छ । उनी हाल विश्व फुटबलका सबैभन्दा उम्दा नम्बर १० मानिन्छन् ।
लिग उपाधि रक्षा गर्न नसके पनि म्यानचेस्टर सिटी गएको सिजन लिभरपुलपछि दोस्रो सर्वाधिक गोलकर्ता रह्यो । तर सिटीले पनि गोल स्रोत थप्ने निर्णय गरेको छ। यसैको नतिजा हो, रायन सेर्कीको आगमन । फ्रान्सका सेर्की पनि नम्बर १० वा प्लेमेकर हुन् । उनीअघि सिटीले जनवरीमा फरवार्ड ओमार मार्मुसलाई अनुबन्ध गरेको थियो ।
उता चेल्सीले भने यसपालि सेन्ट्रल फरवार्ड अनुबन्ध गरेको छ। लेस्टर सिटीबाट लियाम डेलापलाई लन्डन ल्याएको चेल्सीले गत सिजन ब्राजिलियन किशोर एस्टेभाओलाई भित्र्याएको थियो । यद्यपि गत सिजन एस्टेभाओ ब्राजिलियन लिगमै रहे । अब भने उनी चेल्सीबाट खेल्नेछन् ।
आर्सनल पनि यतिबेला नयाँ फरवार्डको खोजीमा छ । बायाँ विंगबाट खेल्नसक्ने विंगर र स्ट्राइकर खरिद गर्न आर्सनल खेलाडी सरुवा बजारमा सक्रिय छ ।
लिभरपुल, सिटी र चेल्सी जस्तै गोलकर्ता अनुबन्ध गर्ने अर्को क्लब हो, म्यानचेस्टर युनाइटेड । रुबेन अमोरिमले नयाँ सिजनमा बलियो प्रदर्शन गर्न उल्भरह्याम्पटनका फरवार्ड म्याथियस कुन्हालाई अनुबन्ध गरेका हुन् । युनाइटेडले मार्कस रासफोर्ड, एन्टोनी, जेडन सान्चो जस्ता विद्यमान फरवार्ड बेच्न लागेकाले प्रशिक्षक एमोरिम अरु नयाँ गोलकर्ता थप्न चाहन्छन् ।

आर्सनल पनि यतिबेला नयाँ फरवार्डको खोजीमा छ । बायाँ विंगबाट खेल्नसक्ने विंगर र स्ट्राइकर खरिद गर्न आर्सनल खेलाडी सरुवा बजारमा सक्रिय छ । टोटनहम, न्युकासल युनाइटेड र एस्टन भिल्ला पनि फरवार्डकै लागि बजारमा छन् ।
युरोपेली क्लब फुटबलको सरुवा बजार फरक फरक चरणबाट गुज्रिन्छ । सन् २०२३ को सरुवा बजार ठूला क्लब मिडफिल्डरको खोजीमा थिए, ठ्याक्कै भन्दा ‘नम्बर ६’। यस्तोमा चेल्सीले डिफेन्सिभ मिडफिल्डमा खेल्ने मोइसेस काइसेडो र रोमिया लाभियाका लागि १६ करोड पाउन्ड भन्दा बढी खर्च गरेको थियो । उता आर्सनलले डेक्लान राइसका लागि १० करोड पाउन्ड, लिभरपुलले रायन ग्राभेनबर्कका लागि साढे तीन करोड पाउन्ड खर्च गरेको थियो ।
त्यसअघिकको सरुवा बजारमा सबैको नजर स्ट्राइकरमाथि थियो । एर्लिङ हालान्ड, डार्विन नुनेज र अलेक्जान्डर इसाक सन् २०२२ मा प्रिमियर लिग पुगेका हुन् । त्यही वर्ष टोटनहमले रिचारलिसनका लागि सर्वाधिक रकम खर्च गरेको थियो। सन् २०१७ देखि २०१८ सम्म समय गोलकिपरको थियो । एडरसन, एलिसन र केपाका लागि सिटी, लिभरपुल र चेल्सीले मनग्यै पैसा लगानी गरेका थिए । सन् २०१८ देखि २०२० को बीचमा भने इङ्ल्यान्डका ठूला क्लबहरुले रक्षकमाथि झन् धेरै पैसा खन्याएका थिए । भर्जिल भान डाइक, रुबेन डियास र ह्यारी मग्वायरको स्थान्तरणले बजार तातेको थियो ।
जब एउटा निश्चित पोजिसनका खेलाडीको संख्या कम भएको महसुस हुन्छ तब ठूला क्लब तिनको खोजीमा निस्किन्छन् ।

युरोली क्लब फुटबलको सरुवा बजार यसैगरि फरक फरक पोजिसनका खेलाडी वरपर घुमिरहन्छ । जब एउटा निश्चित पोजिसनका खेलाडीको संख्या कम भएको महसुस हुन्छ तब ठूला क्लब तिनको खोजीमा निस्किन्छन् । उसो त खेलाडी अभाव कतिपय अवस्थामा कृत्रिम पनि हुन्छ । यद्यपि हालको फरवार्डहरुले तताएको यो बजारको परिस्थिति भने केही बेग्लै खालको छ । अझ भन्दा, ‘नम्बर १०’ प्रतिको आशक्तिले ठूला क्लबहरुको खेल शैली बदलाव नजिक पुगेको छ । यसको उदाहरण, च्याम्पियन्स लिग जित्दा पिएसजीले देखाएको शैली हो ।
हुन त बदलावको सुरुवात गत वर्षको युरोलाई पनि मान्न सकिन्छ । जब लुइस डे ला फुएन्टेले स्पेनलाई पेप ग्वार्डिओला प्रेरित पोजिसनल फुटबलबाट बाहिर निकालेर युरोपेली च्याम्पियन बनाए । उनले धेरै कुरा त परिवर्तन गरेका होइनन् । तर उसबेला आन्द्रेस इनिएस्टा र डेभिड सिल्भा जस्ता विंगबाट मैदानको भित्री भागमा बल लैजाने विंगरभन्दा लामिन यामल र निको विलियमस जस्ता वास्तविक विंगरको प्रयोग गरे । उनले ओभरल्यापिङ फुलब्याकलाई भने यथावत् राखे। यसरी स्पेन हरेक कोणबाट आक्रमण बुन्नसक्ने टिम बनेको थियो । ‘फुटबल सधैँ गतिला विंगरको खेल हो । उनीहरु खतरा मोलेर खेल्नसक्छन्। खतराबिना त के फुटबल?’फुएन्टेको भनाई छ ।
आर्नी स्लटको लिभरपुल, हान्सी फ्लिकको बार्सिलोना र लुइस एनरिकेको पिएसजीले विंगरको भूमिकालाई खुम्चाएका छैनन् । तर उनीहरु विंगरलाई अलि बढी बहुमुखी बन्न दबाब दिन्छन्। छोटो समयमै विपक्षीको बक्समा पुग्ने, प्रेस गर्ने र बारम्बार पोजिसन परिवर्तन गरेर खेल्नसक्ने विंगर यी प्रशिक्षकका लागि प्यारा हुन्छन् । पिएसजीले यही नीति अपनाएर च्याम्पियन्स लिग जितेको हो। यूईएफएको प्राविधिक रिपोर्टमा पिएसजीका विंगर तथा फरवार्डले अधिकतम पोजिसन साट्दै खेलेका उल्लेख छ । ‘पिएसजीका विंगर बल नपाउँदा अनुशासित र बल पाएपछि घमण्डी बन्छन्’ रिपोर्टमा यस्तो लेखिएको छ ।
हुन त सरुवा बजारमा चमात्कारिक खेलाडीको अभाव छ। आजकल कुनै क्लबले सजिलै यस्ता खेलाडी बेच्दैनन् ।
यही सन्दर्भमा युइएफएका एक प्राविधिक अवलोकनकर्ताले यस पंक्तिकारसँग भनेका थिए, ‘पीएसजीले देखायो, फुटबल अब बद्लिँदैछ। यस्तोमा टिमहरुसँग दुई कुरा हुन आवश्यक छ । असाध्यै फिट खेलाडी, जो बल लिएर कसैले नभेट्नेगरि दौडिन सक्छन्, र ठूलो स्पेस पाउन साथ आक्रमण बुन्न सक्छन् । अर्को, यस्ता खेलाडी जो आफ्नो प्राविधिक कौशलको सहयोगमा विपक्षीको लो ब्लक भत्काउन सक्छन् । पिएसजी र लिभरपुलसँग यी दुवै शैलीमा खेल्नसक्ने खेलाडी छन् ।’

लिभरपुलले हालै अनुबन्ध गरेका विर्ट्ज पनि बल नपाउँदा अनुशासित भएर प्रेस गर्छन्। जब उनी बल पाउँछन्, तब उनले विपक्षीलाई गन्न छाड्छन्। मनलागेको तरिकाले बल लिएर विपक्षीको बक्समा छिर्छन्, आक्रमण बुन्छन् । गत सिजनको बुन्डेसलिगामा उनले सर्वाधिक गोलको अवसर सिर्जना गरेका थिए । थ्रु बल निकाल्ने, वान भर्सेस वानमा विपक्षीलाई पन्छाउने र विपक्षीको बक्समा बल लिएर पुग्ने तथ्यांकको टेबलमा पनि उनी नै पहिलो नम्बरमा थिए ।
उसो त फुटबललाई तथ्यांकको कसीमा मात्र विश्लेषण गर्नु हुँदैन। दुई आँखालाई साक्षी बनाउन आवश्यक रहन्छ । र जर्मन बुन्डेसलिगाको बायर्न लिभरकुसन र बायर्न म्युनिखबीच फेब्रुअरीमा भएको त्यो खेलका साक्षीका लागि रिजभन्दा अर्का जर्मन खेलाडी सर्वोत्कृट छैनन्। यस्तो लाग्छ विर्ट्जका खुट्टा र दिमाग एकैसाथ चल्छन् ।
प्रिमियर लिगका एक स्काउटको भनाईमा लिभरपुलले बुन्डेसलिगामा हिरा भेटाएको छ । उसो त सिटीले पनि विर्ट्जलाई अनुबन्ध गर्न चाहेको थियो। नसकेपछि उनीभन्दा कमसल खेलाडीमा सिमित भएको छ । ‘हरेक क्लबलाई चमात्कारिक खेलाडी चाहिएको छ। यस्तोमा लिभरपुल भान डाइक र मोहम्मद सलाललाई थप सिजनका लागि राख्न सफल भएको छ । सिटीबाट भने यस्ता खेलाडी बाहिरिएका छन्, ती हुन् केभिन डे ब्रुएन,’ उनले भने ।
हुन त सरुवा बजारमा चमात्कारिक खेलाडीको अभाव छ। आजकल कुनै क्लबले सजिलै यस्ता खेलाडी बेच्दैनन् । जब यस्ता खेलाडी बजारमा उपलब्ध हुन्छन्, तब ठूला क्लबले तत्काल प्रतिक्रिया दिइहाल्छन् । पिएसजीले काभारसेलिया अनुबन्ध गर्ने दौड जितेपछि नै लिभरपुल विर्ट्जतिर ढल्किएको थियो । लिभरपुल यतिमै रोकिनेवाला छैन । अरु फरवार्ड पनि लिभरपुलको नजरमा छन् ।