काठमाडौं । नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए भलिबल लिगको पुरुषतर्फ तेस्रो स्थान हासिल गरेको छ ।
पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा बिहीबार सम्पन्न विभायीय डर्बीमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्यो ।
पुलिसले खेल २७-२५, २५-२०, २३-२५, २५-१४ ले आफ्नो पक्षमा पार्यो ।
यसैगरी बिहीबारै महिलर्फको खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३-१ सेटमा हराउदै एभरेस्ट भलिबल क्लबले तेस्रो स्थान हासिल गर्यो ।
एभरेस्ट २५-१८,१०-२५,२५-१३,२९-२७ ले विजयी भयो । तेस्रो भएका दुवै टोलीले २ लाख रुपैयाँ प्राप्त गरे ।
उपाधिका लागि महिलातर्फ नेपाल पुलिस क्लब र न्यु डायमन्ड स्पोर्टस क्लब तथा पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ र हेल्प नेपाल स्पोर्टस क्लब भिड्दैछन् ।
भिडियो
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081