श्रावण ११, २०८२ आइतबार | ०२:२१:००
राेड्रिगाे डी पउल इन्टर मियामी अनुबन्ध मेसी र अल्बालाई एमएलएसकाे एक खेलमा प्रतिबन्ध अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम फ्रेन्चाइज महिला भलिबलको दोस्रो संस्करणः यस्ता छन् अक्सनपछिका फ्रेन्चाइज टोली रक्षक क्रिस्टियन मोस्केरा आर्सनलमा अनुबन्ध पुलिसको सहज जित शेर्पालाई हराउँदै मनाङ उक्लियो तेस्रो स्थानमा राेड्रिगाे डी पउल इन्टर मियामी अनुबन्ध मेसी र अल्बालाई एमएलएसकाे एक खेलमा प्रतिबन्ध अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम फ्रेन्चाइज महिला भलिबलको दोस्रो संस्करणः यस्ता छन् अक्सनपछिका फ्रेन्चाइज टोली रक्षक क्रिस्टियन मोस्केरा आर्सनलमा अनुबन्ध पुलिसको सहज जित शेर्पालाई हराउँदै मनाङ उक्लियो तेस्रो स्थानमा

शीर्ष दुईको लक्ष्यसहित कोर्टमा उत्रिँदै हेल्प नेपाल

काठमाडौं । मध्य एसिया भलिबल संघ (काभा) पुरुष च्याम्पियन्स लिगमा समूह चरणको अन्तिम खेलमा आज नेपाली प्रतिनिधि हेल्प नेपाल स्पोर्टस क्लबले श्रीलंका पोर्टस अथोरिटीसँग खेल्दैछ ।

नेपाल च्याम्पियन हेल्प नेपाल चार खेलको समाप्तीमा ८ अंकका साथ तेस्रो स्थानमा छ भने श्रीलंका पोर्ट अथोरिटी ६ अंकका साथ चौथो स्थानमा छ ।

शीर्ष दुईमा रहेर उपाधि सम्भावना कायम राख्नका लागि आजको खेलमा जित नेपाली टिमको अनिवार्य आवश्यकता हो । तथापि आफ्नो जितले मात्र टोलीलाई शीर्ष दुईमा पुर्याउने छैन । त्यसका लागि हेल्प नेपालले शीर्ष दुई स्थानमा रहेका किर्गिज टोली बिस्के किर्गिस्तान र कजाकस्तानको झाइयक भिसीबीच आजै राती हुने खेलको नतिजा पनि आफ्नो पक्षमा आएको देख्न पाउनुपर्नेछ ।

चार खेलको समाप्तीमा बिस्के ११ अंकका साथ शीर्ष स्थानमा छ भने झाइयकको खातामा १० अंक छ । आजको खेलमा हेल्प नेपालले आफ्नो खेल जितेर बिस्केले झाइयकलाई हराएको देख्न पाए हेल्प नेपाल शीर्ष दुईमा पर्नेछ ।

माल्दिभ्समा भइरहेको प्रतियोगितामा नेपाली टोलीले समूह चरणको अन्तिम खेलमा आज साँझ श्रीलंकासँग खेल्नेछ भने बिस्के र झाइयकबीचको खेल त्यसपछि हुनेछ ।

६ टिमको सहभागिता रहेको प्रतियोगितामा भोली अन्तिम दिन पाँचौं स्थानको टिमले पुछारको प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्नेछ भने तेस्रो र चौथो स्थानका टिमले एक-आपसमा खेल्नेछन् । यसैगरी शीर्ष दुई टिमबीचको खेलले प्रतियोगिताको च्याम्पियन टुंगो लगाउनेछ ।

प्रतियोगितामा नेपालबाट हेल्प नेपाल सहभागी रहँदा कजाकस्तानको झाइयक, किर्गिस्तानको बिस्के, श्रीलंकाको पोर्ट अथोरिटी तथा माल्दिभ्सका दिभेही सिफाइङ्गे र क्लब एचडिसी सहभागी छन् ।

आयोजक देशका दुवै टिम पुछारका दुई स्थानमा छन् । दिभेहीको खातामा १ अंक छ भने क्लब एचडिसीले अहिलेसम्म अंकको खाता खोल्न सकेको छैन । 


भिडियो
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER
HIGH PERFORMANCE CENTER तयार, अब नेपाली खेलाडीले विश्वस्तरीय TRAINING पाउने