काठमाडौं । साबिक विजेता नेपाल पुलिस क्लबले नवौं प्रधानमन्त्री कप एनभिए लिगको महिलातर्फ आफ्नो विजयी यात्रालाई लगातार चौथो खेल सम्म पनि कायम राखेको छ ।
पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा सोमबार सम्पन्न विभागीय डर्बीमा पुलिसले त्रिभुवन आर्मी क्लबविरुद्ध ३-२ सेटको रोमाञ्चक जित दर्ता गर्यो ।
जितसँगै चार खेलमा ११ अंक जोडेको पुलिस शीर्ष स्थानमा कायम छ । चारै खेलमा पराजित आर्मी एक अंकका साथ पाँचौं मा रहेर बाहिरएकाे छ।
निकै रोमाञ्चक पहिलो सेट २४-२६ ले गुमाएको पुलिसले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका दुई सेट २५-११, २५-१९ ले आफ्नो पक्षमा पार्यो ।
चौथो सेटमा पुलिस २१-२५ ले पराजित भएपछि खेल पाँचौं सेटसम्म लम्बिएको थियो । पाँचौं तथा निर्णाय सेट १५-९ ले आफ्नो पक्षमा पार्दै पुलिसले विजयी यात्रा जारी राख्यो ।
सोमबारै सम्पन्न महिलातर्फकाे पहिलो खेलमा एभरेस्ट भलिबल क्लबले कर्णाली प्रदेश खेलकुद विकाश परिषद्लाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
याे हारसँगै कर्णाली लिग चरणबाटै बाहिरएकाे छ ।