काठमाडौं । गण्डकी प्रदेश भलिबल र विभागीय टोली त्रिभुवन आर्मी क्लब क्लब नवौं प्रधानमन्त्री कप एनभिए लिगमा आइतबार विजयी भएका छन् ।
पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा आइतबार सम्पन्न पुरुषतर्फको तेस्रो खेलमा गण्डकीले मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सोझो सेटमा हरायो ।
गण्डकीले खेल २७-२५, २५-२१, २५-१८ ले आफ्नो पक्षमा पार्यो ।
लगातार चौथो जितसँगै गण्डकीको चार खेलबाट १२ अंक छ । पराजित मणिमुकुन्दको सामना खेलबाट चार अंक छ ।
आर्मीले पुरुषतर्फको चौथो तथा दिनको अन्तिम खेलमा विभागीय प्रतिद्धन्द्धी नेपाल एपिएफ क्लबविरुद्ध ३-० कै सेटमा जित निकाल्यो ।
आर्मीले खेल २५-१३, २५-२०, २५-२२ ले आफ्नो पक्षमा पार्यो ।
लगातार दोस्रो जित निकालेको आर्मीको चार खेलबाट पाँच अंक छ । पराजित एपिएफले समान खेलबाट तीन अंक जोडेको छ ।
आइतबारै सम्पन्न पुरुषतर्फका अन्य खेलमा हेल्प नेपालले कोशी तथा पुलिसले सुदूरपश्चिमलाई समान ३-० को सेटमा जित निकाले ।
यसैगरी महिलातर्फका खेलमा न्यु डायमन्डले आर्मी तथा पुलिसले एपिएफलाई समान ३-१ को सेटमा हराएका थिए ।