काठमाडौं । साबिक हेल्प नेपाल क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले क्लबले नवौं प्रधानमन्त्री कप एनभिए लिगमा आइतबार सोझो सेटको जित दर्ता गरेका छन् ।
पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा आइतबार सम्पन्न पुरुषतर्फको दोस्रो खेलमा हेल्प नेपालले कोशी प्रदेश खेलकुद विकाश बोर्डलाई ३-० को सेटमा हरायो ।
हेल्प नेपाल २५-२१, २५-२०, २५-२२ ले विजयी भयो ।
लगातार चौथो जितसँगै चार खेलमा १२ अंक जोडेको हेल्प नेपाल शीर्ष स्थानमा छ । तेस्रो पराजय बेहोरेको कोशीको सामन खेलबाट तीन अंक छ ।
आइतबारै सम्पन्न पुरुषतर्फको पहिलो खेलमा पुलिसले सुदूरपश्चिम खेलकुद परिषद्लाई ३-० को सेटमा हरायाे ।
पुलिसले खेल २५-१९, २५-५, २५-१९ ले आफ्नो पक्षमा पार्यो ।
जितसँगै पुलिसले चार खेलमा ९ अंक जोडेको छ । चारै खेलमा पराजित सुदूरपश्चिम अंकविहिन छ ।
आइतबारै सम्पन्न महिलातर्फका खेलमा न्यु डायमन्डले आर्मी तथा पुलिसले एपिएफलाई समान ३-१ को सेटमा हराएका थिए।