काठमाडौं । साबिक विजेता नेपाल पुलिस क्लबले नवौं प्रधानमन्त्री कप एनभिए लिगको महिलातर्फ आफ्नो विजयी यात्रालाई लगातार तेस्रो खेलसम्म पनि कायम राखेको छ ।
पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा आइतबार सम्पन्न दोस्रो खेलमा पुलिसले एपिएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्यो ।
पहिलो सेट २५-१९ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २५-२६ ले गुमाएको थियो ।
त्यसपछिका दुई सेट २५-१८, २५-२१ ले आफ्नो पक्षमा पार्दै विजयी यात्रा कायम राख्यो ।
जितसँगै तीन खेलमा ९ अंक अंक जोडेको पुलिस शीर्ष स्थानमा उक्लिएको छ । पहिलो हार बेहोरेको एपिएफ समान खेलबाट ६ अंकका साथ तेस्रो स्थानमा छ ।
यसअघि पुलिसले एभरेस्ट भलिबल क्लब र कर्णाली खेलकुद विकाश परिषद्लाई पराजित परेको थियो । एपिएफले कर्णाली र त्रिभुवन आर्मी क्लबलाई हराएको थियो ।
आइतबारै सम्पन्न पहिलो खेलमा न्यु डायमन्ड स्पोर्टस क्लबले आर्मीलाई ३-१ को सेटमा हराएको थियो ।