काठमाडौं । आयोजक लोयल्टी एकेडेमीले लोयल्टी एसइइ कपको ब्वाइज फुटबलमा विजयी सुरुआत गरेको छ ।
मण्डिखाटारस्थित घरेलु मैदानमा बुधबार लोयल्टीले बिएमसिएलाई २-० ले पराजित गर्यो । लोयल्टीका लागि रोहन गुप्ता र कृष बोहराले गोल गरे । अर्को खेलमा डिएस-९६ ले टिम भोर्टेक्सलाई २-० ले हरायो ।
प्रतियोगिताको उद्घाटन लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेले गरे । लिग कम नकआउट आधारमा भइरहेको फुटबलमा १६ टिम सहभागी छन् ।
विजेताले २५ हजार र उपविजेताले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
एसइइ कपमा बास्केटबलको प्रतिस्पर्धा पनि हुने छ । बिहीबारदेखि सुरु हुने बास्केटबलको ब्वाइजमा पाँच तथा गर्लसमा चार टिमले प्रतिस्पर्धा गर्नेछन् । लिगमा
ब्वाइजको विजेताले १० हजार तथा उपविजेताले ५ हजार रुपैयाँ पाउने लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङले जनाएका छन् ।
गर्ल्समा पहिलो हुनेले ७ हजार र दोश्रोले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी ५० देखि १०० प्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था पनि रहेको आयोजकले जनाएको छ ।