माघ ३, २०८२ शनिबार | ०९:४७:१७
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै

खडकबहादुर र सन्तोषी च्याम्पियन

काठमाडौंं । शनिबार आयोजित १३औं कान्तिपुर हाफ म्याराथनको उपाधि आर्मीका धावक खडकबहादुर खड्का र ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले जितेका छन् । दुवै पहिलो पटक च्याम्पियन भएका हुन् । 

खडकबहादुरले १ घन्टा ६ मिनेट ४७ सेकेन्डमा दौड पूरा गरेका थिए । धादिङकी सन्तोषीले १ घन्टा २३ मिनेट २८ सेकेन्डको टाइमिङ निकालिन् ।

पुरुषतर्फ केन्याका जुलियस मुरिउकी १ घन्टा ०६ मिनेट ५६ सेकेन्डका दोस्रो र १ घन्टा ०८ मिनेट ४८ सेकेन्डका साथ एपिएफका गोपीचन्द्र पार्कीले तेस्रो स्थान हासिल गरे ।

आर्मीका राजन रोकाय, सञ्जय श्रेष्ठ र रामजी बस्नेत क्रमशः चौथोदेखि छैटौं स्थानमा रहे ।

महिलातर्फ आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले १ घन्टा २५ मिनेट ५७ सेकेन्डको समय निकाल्दै दोस्रो स्थान हासिल गरिन् । १ घन्टा २६ मिनेट ४३ सेकेन्डका साथ एपिएफकी पुष्पा भण्डारी तेस्रो भइन् ।

आर्मीकी सिर्जना पाण्डे, भारतकी आशा टिपी र सिन्धुलीकी मन्जु सुनुवारले क्रमशः चौथोदेखि छैटौं स्थान हासिल गरे ।

दुवैतर्फका विजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । यसैगरी दोस्रोदेखि छैटौं हुनेले क्रमशः ७५, ५०, ३०, २० र १० हजार रुपैयाँ पाए ।

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको कान्तिपुर हाफ म्याराथन आउयोजक कान्तिपुर पब्लिकेसनको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु भएर थापाथली, माइतीघर, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली गठ्ठाघर, थिमि, सल्लाघारी, कटुन्जे रोडबाट फन्को लगाएर कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्कमै आएर टुंगिएको थियो ।

प्रतियोगिताको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

सोही प्रतियोगिताअन्तर्गत ७ किमिको कलेज रनको ब्वाइजतर्फ अजय पाण्डे (२१ मिनेट २४.२२ सेकेन्ड), अमृत विश्वकर्मा (२१ मिनेट ३१.२५ सेकेन्ड), विश्वराम कुँवर (२१ मिनेट ५६.५७ सेकेन्ड) ले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे ।

गर्ल्स तर्फ सुसन कार्की लगातार दोस्रो वर्ष पनि विजेता भएकी छन् । उनले २९ मिनेट ०७ सेकेन्डमा दूरी पार गरिन् । आयुष्मा आचार्य दोस्रो र मनीषा थापा तेस्रो भए ।

५ किमि कर्पोरेट एन्ड सेलेब रनमा पुरुषतर्फ विकेश घिमिरे १८ मिनेट ३८ सेकेन्डबाट पहिलो भए । रेवत दाहाल (१९ मिनेट १६ सेकेन्ड) दोस्रो र शेरबहादुर थारु (१९ मिनेट २२ सेकेन्ड) तेस्रो भए ।

कर्पोरेटको महिलातर्फ रेजिना दुलालले उपाधि जितिन् । उनले २४ मिनेट १० सेकेन्डमा ५ किमि दौड पूरा गरिन् । वालिका केसीले २४ मिनेट ३८ सेकेन्डकाे समय निकाल्दै दोस्रो र कल्पना महर्जन २६ मिनेट २२ सेकेन्डका साथ तेस्रो भए । कर्पोरेट र कलेज रनका विजेता खेलाडीले विभिन्न पुरस्कारका साथै गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए ।

ह्विलचेयरमा प्रेम र ऐश्यर्य विजेता

३ किमि ह्विलचेयर विधामा प्रेम विक र ऐश्यर्य कुमाल विजेता भएका छन् । उक्त रेसमा प्रेमले पहिलो पटक उपाधि जित्दा ऐश्यर्व लगातार तेस्रो पटक च्याम्पियन भइन् । पुरुष ह्विलचेयरतर्फ रामकाजी मिजार दोस्रो र साबिक विजेता रमेश खत्री तेस्रो भए ।

महिलातर्फ ऐश्वर्यले यामीकुमारी झाँक्रीमगर र रजनी राईलाई पछाडि पारिन् । यामी दोस्रो र रजनी तेस्रो भए ।  

ह्विलचेयर रेस विजेताले ३५ हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त  गरे ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate