श्रावण ३, २०८२ शनिबार | १२:२६:२२
कर्णाली याक्सको होटल पार्टनर हिल्टन काठमाडौं हेल्प नेपाल लगातार दोस्रो खेलमा विजयी हाइपर्फमेन्स सेन्टरको बहारमा नेपाली खेलकुद होला त एनपिएल ?, गर्नैपर्छ आइसिसी ट्वान्टी-२० विश्वकप: कति टिम छानिए, कति बाँकी ? पुरानै लयलाई गति लिँदै जोफ्रा आर्चर आत्मकथा शृंखला-८ः प्रशिक्षक बन्न पटियाला एनपिएल सिजन दुईः खेलाडी रिटेन गर्ने चटारो केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित नेपालका २० क्रिकेटर प्रशिक्षण शिविरका लागि भारत जाने कर्णाली याक्सको होटल पार्टनर हिल्टन काठमाडौं हेल्प नेपाल लगातार दोस्रो खेलमा विजयी हाइपर्फमेन्स सेन्टरको बहारमा नेपाली खेलकुद होला त एनपिएल ?, गर्नैपर्छ आइसिसी ट्वान्टी-२० विश्वकप: कति टिम छानिए, कति बाँकी ? पुरानै लयलाई गति लिँदै जोफ्रा आर्चर आत्मकथा शृंखला-८ः प्रशिक्षक बन्न पटियाला एनपिएल सिजन दुईः खेलाडी रिटेन गर्ने चटारो केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित नेपालका २० क्रिकेटर प्रशिक्षण शिविरका लागि भारत जाने
शनिबारको दिन

आरसिबीको मेटिएला आइपिएल उपाधि प्यास ?

काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) फेरि एकपटक इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि नजिक पुगेको छ । बिहीबार सम्पन्न पहिलो क्वालिफायरमा पन्जाब किंग्सविरुद्ध ८ विकेटको सहज जित निकाल्दै आरसिबी फाइनलमा स्थान बनाउन सफल भयो ।

चौथो पटक फाइनल पुगेको आरसिबीले हालसम्म आइपिएल उपाधि भने हात पार्न सकेको छैन । टोली सन् २००९ मा डेक्कन चार्जर्स, २०११ मा चेन्नई सुपर किंग्स र २०१६ मा सनराइजर्स हैदराबादसँग पराजित भएको थियो ।

यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको आरसिबीले लिग चरणमा १४ खेल खेल्दा ९ जित र ४ हारको नतिजा निकाल्यो । एक खेल भने बिना नतिजा टुंगिएको थियो । 

आरसिबीले आइपिएलको पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । यसअघि टोलीले ९ पटक प्लेअफमा स्थान बनाउँदा ८ पटक लिग चरणबाटै बाहिरिएको छ ।

बेङ्लुरु र पञ्जाव प्रतिस्पर्धा गर्दै । 

यो सिजन आरसिबीको प्रदर्शन

यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको आरसिबीले लिग चरणमा १४ खेल खेल्दा ९ जित र ४ हारको नतिजा निकाल्यो । एक खेल भने बिना नतिजा टुंगिएको थियो । आरसिबीले १९ अंकका साथ दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा स्थान पक्का गरेको थियो ।

टोलीले अक्सनमा ८२ करोड २५ लाख भारतीय रुपैयाँ खर्च गरेको थियो । टोलीले जोस हेजलउड भित्र्याउन सबैभन्दा बढि १५ करोड ५० लाख खर्चिएको थियो ।

दक्षिण अफ्रिकी एन्डी फ्लावरको प्रशिक्षण र रजत पाटिदारको कप्तानीमा रहेको आरसिबीका लागि विराट कोहलीले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यो सिजन १४ खेल खेल्दा विराटले आठ अर्धशतकसहित ६१४ रन बनाएका छन् । उनी ‘ओरेन्ज क्याप’ को दौडमा पाँचौं स्थानमा छन् । कोहलीले जित्न नसके भनेको यही आइपिएल उपाधि मात्र हो । त्यसकै भोकमा छन् उनी । फिल साल्टले १२ खेलमा चार अर्धशतकसहित ३८७ रन प्रहार गरेका छन् ।

यता जोस हेजलउड आरसिबीका सर्वाधिक विकेटकर्ता हुन् । उनले ११ खेलमा २१ विकेट लिएका छन् । उनी पर्पल क्यापको दौडमा तेस्रो स्थानमा छन् । कुर्नाल पाण्डे्या र भुवनेश्वर कुमारले समान १५ विकेट लिएर हेजलउडलाई साथ दिइरहेका छन् । कुर्नालले १४ र भुवनेश्वरले १३ खेल खेलेका छन् ।

लखनउलाई पराजित गरेपछि खुसी हुँदै बेङ्लुरुका खेलाडी । 

आरसिबीको इतिहास

आइपिएलको पहिलो संस्करणदेखि नै सहभागिता जनाइरहेको आरसिबीको स्वामित्व युनाइटेड स्प्रिन्टसँग छ । कम्पनीले सन् २००७ मा १११.६ मिलियन अमेरिकी डलरमा यो फ्रेन्चाइजको स्वामित्व खरिद गरेको थियो । त्यतिबेला यो रिलायन्स इन्डस्ट्रिजको स्वामित्व रहेको मुम्बई इन्डियन्स (१११.९ मिलियन अमेरिकी डलर) पछिको महँगो फ्रेन्चाइज बनेको थियो । आरसिबीको मार्केट भ्यालु हाल ११७. मिलियन अमेरिकी डलर छ ।

अघिल्ला तीन प्रयासमा असफल भएको आरसिबीलाई फेरि एक पटक उपाधिको खडेरी अन्त्य गर्ने असर प्राप्त भएको छ ।

पहिलो संस्करणमा भने आरसिबीको प्रदर्शन राम्रो हुन सकेन । टोलीले १४ खेलमा १० हार र चार जितको नतिजासहित सातौं स्थानमा रहेर लिग अन्त्य गरेको थियो । पहिलो संस्करणमा टोलीको कप्तान राहुल द्रविड र प्रशिक्षकमा बैंकटेश प्रसाद थिए ।

त्यसयता टोलीमा निकै परिवर्तन आइससकेको छ । स्टार खेलाडीको साथ पाएको आरसिबीलाई हरेक सिजन उपाधि दाबेदारको रूपमा हेरिन्छ । तर टोलीले आफूलाई विजेताका रूपमा उभ्याउन भने सकेको छैन ।

अघिल्ला तीन प्रयासमा असफल भएको आरसिबीलाई फेरि एक पटक उपाधिको खडेरी अन्त्य गर्ने असर प्राप्त भएको छ ।

राजस्थानविरुद्ध ब्याटिङ गर्दै विराट कोहली । 

आइपिएल अक्सन २०२४

आरसिबीले आइपिएलको यो सिजनका लागि विराट कोहली (२१ करोड), कप्तान रजत पाटिदार (११ करोड) र यश दयाल (५ करोड) लाई रिटेन गरेको थियो ।

यसैगरी टोलीले अक्सनमा ८२ करोड २५ लाख भारतीय रुपैयाँ खर्च गरेको थियो । टोलीले जोस हेजलउड भित्र्याउन सबैभन्दा बढि १५ करोड ५० लाख खर्चिएको थियो ।

आरसिबीले फिल साल्टलाई ११ करोड ५०, जितेश शर्मालाई ११ करोड र भुवनेश्वर कुमारलाई १० करोड ७५ लाख तिरेको थियो । टोलीले लियम लिभिङस्टोन, कुर्नाल पाण्डेया, टिम डेविड, रसिक दर सलमान, देवदत्त पाडिकल, ज्याकोब बेथेल, रोमारियो सेफर्ड, सुयश शर्मा, नुवान तुसार र लुंगी एनगिडीलाई पनि करोडौं भारु तिरेर भित्र्याएको थियो ।