काठमाडौं । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औ संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिले हालै गरेको निर्णय अनुसार प्रतियोगिताकाे तयारी सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने भएकाले निमन्त्रणका लागि युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ । समितिको आइतबार बसेको बैठकले प्रतियोगिता उद्घाटन र सन्चालन सम्बन्धमा सम्बन्धित खेल संघ र मुख्य प्रशिक्षकलाई जिम्मेवारी दिइएको छ । रनिङ शिल्डमा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु खेल समावेश छ ।
प्रत्येक प्रदेशबाट समान ४९ छात्रा/ छात्र गरि ९८ जान खेलाडी हुनेछन् । प्रतियोगितामा कूल ६८६ खेलाडी सहभागी हुनेछन् ।
एथलेटिक्स र उसु दशरथ रंगशाला, कराते र तेक्वान्दो सातदोवाटो र कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन हुने छन् ।