श्रावण ३, २०८२ शनिबार | १२:४६:२५
कर्णाली याक्सको होटल पार्टनर हिल्टन काठमाडौं हेल्प नेपाल लगातार दोस्रो खेलमा विजयी हाइपर्फमेन्स सेन्टरको बहारमा नेपाली खेलकुद होला त एनपिएल ?, गर्नैपर्छ आइसिसी ट्वान्टी-२० विश्वकप: कति टिम छानिए, कति बाँकी ? पुरानै लयलाई गति लिँदै जोफ्रा आर्चर आत्मकथा शृंखला-८ः प्रशिक्षक बन्न पटियाला एनपिएल सिजन दुईः खेलाडी रिटेन गर्ने चटारो केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित नेपालका २० क्रिकेटर प्रशिक्षण शिविरका लागि भारत जाने कर्णाली याक्सको होटल पार्टनर हिल्टन काठमाडौं हेल्प नेपाल लगातार दोस्रो खेलमा विजयी हाइपर्फमेन्स सेन्टरको बहारमा नेपाली खेलकुद होला त एनपिएल ?, गर्नैपर्छ आइसिसी ट्वान्टी-२० विश्वकप: कति टिम छानिए, कति बाँकी ? पुरानै लयलाई गति लिँदै जोफ्रा आर्चर आत्मकथा शृंखला-८ः प्रशिक्षक बन्न पटियाला एनपिएल सिजन दुईः खेलाडी रिटेन गर्ने चटारो केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित नेपालका २० क्रिकेटर प्रशिक्षण शिविरका लागि भारत जाने
शनिबारको दिन

इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल

काठमाडौं ।  यसपल्टको युरोपेली च्याम्पियन्स लिग फुटबलको फाइनलमा इटालीको इन्टर मिलान र फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) भिड्दै छन् भनेर कमैले मात्र सोचेका थिए होलान । हुन् पनि फाइनलमा न रियाल म्याड्रिड पुग्यो न त बार्सिलोना । त्यतिमात्र होइन, ह्यारी केनको बायर्न म्युनिक पनि फाइनल पुगेन । त्यति मात्र कहाँ हो र भने धनी मान्न सकिने कुनै पनि इङ्लिस प्रिमियर लिग क्लब फाइनल पुगेनन् ।यस्तोमा इन्टर वा पिएसजीमध्ये जसले यसपल्ट उपाधि जित्नेछ, त्यो असाध्यै भाग्यमानी रहनेछ । फाइनल आजै शनिबार राति रहेको छ पौने १ बजे । खेल हुनेछ, बायर्नको घरेलु मैदान एलिनाज एरिनामा । यसपल्टको प्रतियोगिता धेरै अर्थमा यसअघिका संस्करणभन्दा फरक रहेको छ । त्यसमध्ये सबैभन्दा ठूलो फरक थियो, ३६ टिम सहभागी एकमुस्टको लिग चरण ।

यसमा जतिले राम्रो खेले, त्यसमध्ये कोही पनि फाइनल पुगेनन् । पिएसजी आफै लिग चरणको अन्तिम खेल बल्लतल्ल जितेर अगाडि बढेको हो । त्यो खेल नजितेको भए टिम प्रतियोगिताबाटै बाहिरिने अवस्था थियो । अझ पिएसजीले यो उपलब्धि त्यतिबेला हात पारेको छ, जतिबेला टिममा विश्व फुटबलका सबैभन्दा ठूला स्टार केलियन एमबाप्पे थिएनन् ।

इन्टरलाई सायद च्याम्पियन्स लिगको उपाधि अझ बढी आवश्यक छ, किनभने यो सफलता चुम्न सकेन भने पूरा सिजन नै यो टिम उपाधिविहीन हुनेछ ।

तर यही टिमले फाइनलसम्मको यात्रामा अहिलेसम्मकै सबैभन्दा आकर्षक फुटबल खेलेको छ । यसक्रममा टोलीले इङ्लिस प्रतिद्वन्द्वीहरूको चुनौती काटेको छ । एउटा तथ्य के उल्लेख गर्न आवश्वयक छ भने पिएसजीले घरेलु लिगतिर जतिसुकै प्रभुत्व जमाए पनि अहिलेसम्म युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जित्न सकेको छैन ।

पिएसजी र आर्सनल प्रतिस्पर्धा गर्दै ।

धन्न, पिएसजी फेरि एकपल्ट फ्रान्सेली लिग-वानको च्याम्पियन भइसकेको छ । इन्टर भने तीनपल्टका युरोपेली विजेता हो । यो टिममा स्टार खेलाडी छैनन् भन्दा हुन्छ । यो टिम सन् २०२३ मै मात्र पनि फाइनल पुगेको थियो, तर म्यानचेस्टर सिटीसँग पराजित रह्यो । यसपल्ट इन्टरका लागि घरेलु सिजन पटक्कै राम्रो रहेन भन्दा हुन्छ, किनभने उसले केही पनि जित्न सकेन ।

सिरी ‘ए’ उपाधिमा पनि निकै नजिक रहेर नेपोलीसँग गुमाउन पुग्यो । त्यसैले इन्टरलाई सायद च्याम्पियन्स लिगको उपाधि अझ बढी आवश्यक छ, किनभने यो सफलता चुम्न सकेन भने पूरा सिजन नै यो टिम उपाधिविहीन हुनेछ । पूरा समीकरणलाई हेर्ने एउटा अर्को दृष्टिकोण पनि छ । यस पछाडि प्रस्तुत भएका तर्क पनि बलिया नै छन् ।

च्याम्पियन्स लिगको इतिहासमै यी दुई टिमबीच अहिलेसम्म कुनै खेल भएको छैन । इन्टर र पिएसजी नियमित रूपमै युरोपमा खेलिरहने टिम हुन् । 

यो सिजन युरोपका धेरै कप र लिग उपाधिमा त्यस्ता टिम विजयी रहेका छन्, जसले आफ्नो पूरापूर इतिहासमै केही जित्न सकेको थिएन । त्यसैले यो सिजन जत्तिको युरोपमा फुटबल ‘रोमान्टिक’ भएको कहिल्यै छैन भनिन्छ । त्यस अर्थमा के यसपल्ट पिएसजीले पहिलो पटक च्याम्पियन्स लिग जित्ने छ त ?

अझ रमाइलो एउटा तथ्य के छ भने च्याम्पियन्स लिगको इतिहासमै यी दुई टिमबीच अहिलेसम्म कुनै खेल भएको छैन । इन्टर र पिएसजी नियमित रूपमै युरोपमा खेलिरहने टिम हुन् । तर, यही दुई टिम पहिलोपल्ट भिड्ने छ भने त्यो त अनौठो नै भयो नि, होइन र ? हो नै । एउटा तथ्य भने निश्चित छ, जसले यो उपाधि जित्ने छ त्यो आर्थिक रूपमा मालामाल हुनेछ ।

इन्टर मिलान र बार्सिलोना प्रतिस्पर्धा गर्दै ।

रियलले गत सिजन उपाधि जित्दा १५ करोड डलरभन्दा बढी हात पारेको थियो । यसपल्ट यो रकम अझ बढ्ने छ । सम्भवतः जुन टिम यसपल्टको युरोपेली च्याम्पियन हुनेछ, त्यसले कम्तीमा १७ करोड डलर आफ्नो बैंक खातामा जम्मा गर्नेछ । फेरि युरोपेली च्याम्पियन भनेपछि सान नै बेग्लै हुन्छ ।