काठमाडौंं । भ्याली पब्लिक नवौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
बसुन्धरास्थित आयोजक स्किब्सको कोर्टमा आइतबार भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबिए) लाई १५–१० ले पराजित गर्यो ।
अब क्वार्टरफाइनलका तीन खेल हुन बाँकी छ । त्यसमा नवीन ज्योतिले चेल्सी वर्ल्ड स्कुल, त्रिज्योतिले हिमरश्मी र निम्सले ज्ञान निकेतनविरुद्ध खेल्नेछन् ।
जुनियर ब्वाइजमा स्किब्सले नवीनज्योतिलाई ९-८ को साँघुरो अन्तरले हराउदै क्वार्टरफाइनलमा स्थान पक्का गर्यो ।
अन्तिम-१६ का अन्य खेल ओडिसी इन्टरनेसनल एकेडेमी र युनिक नेपाल, एन्जल्स हार्ट र पिपुल्स एकेडेमी, नेपाल पुलिस स्कुल र पारामाउन्ट एकेडेमी, ज्ञान निकेतन र बसुन्धरा नेसनल एकेडेमी (बिएनए), सेब र गेटवे एकेडेमी, हिमरश्मि र गोल्डेनपिक तथा लालीगुराँस नेसनल एकेडेमी र अपी स्कुलबीच हुनेछ ।
सिनियर ब्वाइजको अन्तिम-१६ मा टिआइए र स्काइलार्क, न्युटन र बिएनए, प्राण्जली र विल्सन एकेडेमी, हिमरश्मि र पृथ्वी, ग्रिनल्यान्ड र सेब, स्किब्स र नेपाल पुलिस, ज्ञान निकेतन र अपी तथा एन्जल्स हार्ट र रिलायन्स भिड्ने छन् । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।