स्ट्याग ग्लोबल टेबल टेनिस लिग

स्ट्याग ग्लोबल टेबल टेनिस लिग सुरु

काठमाडौं । स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा स्ट्याग ग्लोबल टेबल टेनिस लिग च्याम्पियनसिप मंगलबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।

प्रतियोगितामा नौ टिम सहभागी छन् । पहिलो दिन कान्तिपुर भ्याली पिङपोङ क्लबले १३, आयोजक स्ट्यागले १२, नेपाल एपीएफ क्लबले १०, नेपाल आर्मीले नौ , एभिएम टिटी क्लबले आठ , नेपाल प्रहरी क्लबले  सात र गोड स्पिन टिटी एकेडेमीले ६ अंक जोडे । ज्ञानभैरव डिल्ली बजार टिटी क्लब र नगाउँ स्पोर्ट्स क्लब समान पाँच अंकमा छन् ।

प्रतियोगिताको विजेताले २ लाख रुपैयाँसहित रनिङ शिल्ड पाउनेछ । कन्सेप्ट मेकर्सको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको उपविजेताले १ लाख र तेश्रो हुने टोलीले समान ५० हजार रुपैयाँ र ट्रफी पाउनेछन् ।

प्रतियोगिताको  उद्घाटन  नेपाल ओलम्पिक कमिटीका कार्यकारी निर्देशक  तथा अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले  गरे । प्रतियोगिता शनिबार समपन्न हुनेछ ।