वैशाख २९, २०८२ सोमबार | ००:५६:५३
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

पुष्पलाल ब्याड्मिन्टनलाई लिनिङ्गले प्रायोजन गर्ने

काठमाडौं । खेल सामाग्री उत्पादक संस्था लिनिङ्गले ११औं पुष्पलाल स्मृती र्याङकीङ्ग राष्ट्रिय ब्याड्मिन्टन प्रतियोगितालाई साथ दिने भएको छ ।

लिनिङ्गको मुख्य प्रायोजक रहने भएपछि प्रतियोगिताको नाम लिनिङ्ग ११औं पुष्पलाल स्मृती र्याङकीङ्ग राष्ट्रिय ब्याड्मिन्टन प्रतियोगिता हुने भएको छ । यसअघि प्रतियोगितालाई लामो समयदेखि योनेक्सले प्रायोजन गर्दै आएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको सम्झनामा २०६७ सालदेखि नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गर्दै आईरहेको प्रतियोगितामा नखिपोट युथ क्लब (ब्याडमिन्टन सर्कल) संयुक्त आयोजक रहेको छ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको संघका महासचिव सुनिल मान शाक्यले जानकारी गराएका छन् । ललितपुर जिल्लाको नखिपोटमा आयोजना हुने प्रतियोगिता फागुण तीन गतेदेखि सात गतेसम्म संचालन हुनेछ ।

नेपाल ब्याड्मिन्टन संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा संघसंग आबद्ध ४७ जिल्ला, नेपाली सेना, नेपाल पुसिल र नेपाल एपिएफ क्लब गरि ५० संस्थाका खेलाडीहरुले सहभागिता जनाउने छन् । प्रतियोगितामा पुरुष एकल (राष्ट्रिय बरियतामा १६ औं स्थानमा रहेका), पुरुष एकल (१६ औ बरियता देखि बाहेकका), पुरुष युगल (खुला), महिला एकल (राष्ट्रिय बरियतामा १२ औं स्थानमा रहेका), महिला एकल (१२ औं बरियता देखि बाहेकका), महिला युगल (खुला), यु १७ महिला तथा पुरुष एकल (खुला), भेट्रान्स ४५ बर्षमाथि र मास्टर्स ५५ बर्षमाथि (खुला) गरि १० बिधामा प्रतिस्पर्धा हुने भएको छ ।

कुल २१ लख ६० हजार लागत रहको प्रतियोगितामा पुरस्कारतर्फ ५ लाख ९८ हजार खर्च हुनेछ । लिग चरणको पुरुष एकल ( राष्ट्रिय बरियतामा १६ औं स्थानमा रहेका ) र महिला एकल ( १२ औं स्थानमा रहेका) तर्फ प्रतिस्पर्धा गर्ने खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाए बापत नगद १५ सय प्राप्त गर्दा लिग चरणमा बिजयी हुने प्रत्येक खेलाडीले थप १५ सय पाउने छन् ।

यस्तै, क्वाटरफाइनलमा विजयी हुने खेलाडीहरुले थप आठ हजार, सेमिफाइनलमा विजयी खेलाडीले थप १६ हजार प्राप्त गर्नेछन् । यसैगरि विजेताले थप २० हजार र उपबिजेता खेलाडीले थप ५ हजार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

यस्तै, अन्य विधामा पुरुष एकल (उच्च १६ देखि बाहेक) र महिला एकल (उच्च १२ देखि बाहेक), पुरुष तथा महिला युगल, भेट्रान्स युगल ४५ बर्ष माथी र मास्टर्स युगल ५५ बर्ष माथिका बिजयीले क्रमश प्रथमले २० हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार नगद प्राप्त गर्नेछन् । 

यु १७ पुरुष तथा महिला एकल तर्फ बिजयीले क्रमश प्रथमले १५ हजार, द्वितीयले ८ हजार र तृतीयले ४ हजार प्राप्त गर्नेछन् । यसका साथे बिजयीहरुले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP