वैशाख २९, २०८२ सोमबार | ००:५५:५०
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

कुँवर र रायमाझी सेमिफाइनलमा

काठमाडौं । कृषि विकास बैंकका टक्कर कुँवर र लुम्बिनी जेनेरल इन्स्योरेन्सका गणेश रायमाझी आठौं अन्नपूर्ण पोस्ट कर्पोरेट ब्याडमिन्टनको सेमिफाइनलमा प्रवेश गरेका छन् । 

बिहीबारदेखि सुरु भएको प्रतियोगिताको बैंक तथा इन्स्योरेन्स एकलतर्फ कुँवरले एनआईसी एसिया बैंकका रञ्जन खड्कालाई २१-१०, २१-१६ को सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरे । 

यसैगरी रायमाझीले इशा एन्ड इसिका इन्भेस्टमेन्टका नारायणप्रसाद गौतमलाई २१-४, २१-१५ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाए । 

कुँवरले अन्तिम १६ को खेलमा राष्ट्रिय वाणिज्य बैंकका गुप्त केसीलाई २१-१६, २१-१८ को सेटमा पराजित गरेका थिए ।

सोही विधामा सिटिजन लाइफ इन्स्योरेन्सका अभिषेक बोस र नेपाल एसबीआई बैंकका नवराज जोशीले पनि सेमिफाइनलमा स्थान बनाए ।

बोसले राष्ट्रिय वाणिज्य बैंकका सुविन्द्र महर्जनलाई २१-३, २१-८ तथा जोशीले महालक्ष्मी लाइफ इन्स्योरेन्सका सञ्जय कपालीलाई २१-८, २१-१५ ले हराए ।

यस्तै रेगुलर पुरुष एकलको पनि क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बिन्दवासिनी प्रिन्टिङ एन्ड प्याकेजिङ उद्योगका विशाल खड्काले एनसेलका समाज पौडेललाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । 

खड्काले पौडेलविरुद्ध २१-११, २१-१९ को जित निकाले । जेस्ट सेभिङ एन्ड क्रेडिटका सुजन थापाले न्यु बीएस इन्टरप्राइजेजका अभिषेक गुरुङलाई २१-१५, २१-१७ को सेटमा पराजित गरे ।

युनिक स्पोर्ट्सका अनिल लाखे र बीएनएम सप्लायर्सका विश्वास नेपाल पनि अन्तिम चारमा पुगेका छन् । 

क्वार्टरफाइनलमा लाखेले नेसनल एयर पब्लिक ट्राभलका रुपल बाडेलाई २१-५, २१-८ र नेपालले एनसेलका सुकान्त अधिकारीलाई २१-३, २१-११ ले हराए । यसअघि जेस्टका थापाले एनसेलका सौरभ शान र लाखेले एनसेलकै रञ्जन शर्मालाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका थिए । 

यसैगरी रेगुलर पुरुष युगलतर्फ पनि क्वार्टरफाइनल समीकरण पूरा भएको छ । विन्दवासीनिका विशाल खड्का र बीएनम सप्लायर्सका विश्वास नेपालको जोडीले महालक्ष्मी विकास बैंकका रत्नबहादुर भण्डारी र गणेशबहादुर साउदलाई २१-१८, २१-६ को सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल एसबीआई बैंकका जोशी र युनिक स्पोर्टस्का लाखेले एनसेलका अधिकारी र शानलाई २१-९, २१-१५ ले निराश पारे ।

यस्तै सिटिजन लाइफका बोस र नाइग्रा फल्सका एस श्रेष्ठले प्रभु बैंकका सुदेशकुमार देवकोटा र राजु केसीलाई २१-४, २१-३ ले पराजित गरे ।

कृषि विकास बैंकका टक्कर कुँवर र वसन्त थापाले नेपाल इन्भेस्टमेन्ट बैंकका रामजी केसी र  विजेन्द्र सुवाललाई २१-१५, २१-१३ को सेटमा पराजित गरे । इसा एन्ड इसिकाका गौतम र न्यु बीएसका अभिषेक गुरुङले प्रभु बैंकका सुरेश कँडेल र मनिराम पोख्रेललाई २१-१२, २१-५ ले हराए । 

महालक्ष्मी लाइफका सन्जय कपाली र डेभिडका एस कटुवालले एनसेलका समाज पौडेल र रञ्जन शर्मालाई २१-१८, २१-९ ले हराए ।

 यस्तै राष्ट्रिय वाणिज्य बैंकका पुष्पसी थापा र राजु थापाले एनसेलका दीपक पाण्डे र रवीन्द्र यादवलाई पराजित गरे । आरकेस टेड्रिङका आर बानियाँ र जेस्टका सुजन थापाले एभरेष्ट बैंकका सन्तोस भट्टराई र पुष्पराज उप्रेतिलाई २१-११, २१-१० को सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाए ।

 यसअघि कृषिका कुँवर र थापाले वाणिज्य बैंकका केसी र महर्जनलाई २१-१२, २१-१८ तथा इसा एन्ड इसिकाका गौतम र गुरुङले इन्भेस्टमेन्टका काशीनाथ ज्ञवाली र सुजन महर्जनलाई २१-१७, २१-११ को सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाएका थिए । 

यसअघि लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरेका थिए ।
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP