प्रिन्स दाहाल

प्रिन्स विश्व नम्बर एकमा बढुवा

काठमाडौं । नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल जुनियरतर्फ विश्व बरियताको शीर्ष स्थानमा उक्लिएका छन् । पछिल्लो पटक विश्व ब्याडमिन्टन महासंघले जारी गरेको बरियतामा प्रिन्स तेस्रो स्थानमा थिए ।

तर, उनीभन्दामाथि रहेका दुई खेलाडी सिनियरमा बढुवा भएपछि प्रिन्स विश्व नम्बर एक बनेका हुन् । कुनै पनि नेपाली खेलाडीले जुनियर बरियतामा हासिल गरेको यो सबैभन्दा माथिल्लो स्थान हो ।

उमेर समूहमा नेपालका लागि ब्याडमिन्टनको पहिलो स्वर्ण जितेका प्रिन्स सिनियर बरियताको भने ४ सय ४५औं स्थानमा छन् । हालै विश्व नम्बर एक बनेका प्रिन्सको १० हजार ४ सय अंक छ भने दोस्रो स्थानका मलेसियन खेलाडी हो जस्टिनको ९ हजार ५ सय ९० अंक छ ।

नेपाल बरियताको नवौं स्थानका प्रिन्स जुनियरतर्फ एक नम्बर हुन् । नेपालको सिनियर बरियतामा उनीभन्दामाथि रत्नजित तामाङ, दिपेश धामी, नविन श्रेष्ठलगायतका खेलाडी छन् ।