जेष्ठ १८, २०८२ शनिबार | २०:२२:४९
जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल आरसिबीको मेटिएला आइपिएल उपाधि प्यास ? आत्मकथा शृंखला-२ः परिवारको प्रभाव निर्णायक रह्यो जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल आरसिबीको मेटिएला आइपिएल उपाधि प्यास ? आत्मकथा शृंखला-२ः परिवारको प्रभाव निर्णायक रह्यो

बिकेएसपी कप जुडोमा नेपाल उपविजेता

काठमाडौं । बंगलादेश क्रिरा सिखा प्रोतिष्ठान (बिकेएसपी) कप आमन्त्रण अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ ।

ढाकामा सम्पन्न प्रतियोगितामा नेपालले पाँच स्वर्ण, एक रजत र चार कांस्य गरि १० पदक जित्यो । 

नेपालका लागि बन्दी सहायता नियोग (पाम) का खेलाडीले सर्वाधिक चार स्वर्ण र एक कांस्य पदक जिते । प्रतियोगितामा पामबाट पाँच खेलाडी सहभागी भएकोमा सबैले पदक चुमे ।

पुरुष ६० केजीमुनिमा सविनकुमार दियाली र ६६ केजीमुनिमा विशेष विक तथा महिला ४८ केजीमुनिमा निशा श्रेष्ठ, ५२ केजीमुनिमा विनिता नेपाली र ५७ केजीमुनि मापेमा याङजी शेर्पाले नेपाललाई स्वर्ण दिलाए ।

यसैगरी पुरुष ४५ केजीमुनिमा रिवाज लामा तामाङले रजत पदक जिते । पुरुष ५५ केजीमुनिमा बुद्ध गुरुङ र ७३ केजीमाथिमा विज्ञान तिखत्री तथा महिला ४४ केजीमुनिमा समिता नेपाली र ६३ केजीमुनिमा रेखा श्रेष्ठले कांस्य पदक हात पारे ।

तिमध्ये निशा, विनिता, पेमा, सविन र समिता पामका हुन् । प्रतियोगितामा नेपालबाट जम्मा १२ खेलाडी सहभागी थिए ।

प्रशिक्षकमा राधादेवी राई र लक्ष्मी तामाङ थिए ।  राधाले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जानकारी दिए ।

आयोजक बिकेएसपी टोली ६ स्वर्ण, आठ रजत र १० कांस्य पदकका साथ च्याम्पियन बन्यो ।


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL