काठमाडौं । सहिद सुरज शाक्य स्मृति अन्तर वडाव्यापी रापिड रेटिङ चेस प्रतियोगिताको उपाधि काठमाडौं वडा ७ ले जितेको छ ।
आयोजक काठमाडौं वडा २२ स्थित संकटा मन्दिर प्राङ्गणमा सम्पन्न दुई दिने प्रतियोगितामा वडा-७ ले १३ अंक जोड्यो ।
६ जित र एक बराबर नतिजा निकालेको वडा नम्बर-७ ले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गरेको छ ।
यसैगरी वडा-२७ ले दोश्रो स्थान प्राप्त गर्दै ३५ हजार रुपैयाँ हात पार्यो । टिमले सात चरणको खेलबाट ११ अंक जोड्ने क्रममा चार जीत र तीन बराबरीको नतिजा निकाल्यो ।
वडा-२ तेस्रो स्थानमा रहदै २५ हजार प्राप्त गर्न सफल भएकाे छ । चौथो भएको वडा-१४ ले २० हजार रुपौयाँ प्राप्त गरेको छ ।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ वडा-२ का सिएम पुरुषोत्तम सिलवाल पहिलो बोर्ड , वडा-७ का सिएम भगवतीप्रसाद शर्माले दोश्रो बोर्ड र वडा-३ का अभिनव पाण्डे तेस्रो बोर्डमाले उत्कृष्ट प्रदर्शन गरे । विधागत उत्कृष्टले जनही १० हजार रुपैयान् हात पारेका छन् ।