कार्तिक २२, २०८२ शनिबार | १९:५८:३९
टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर

हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक

‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक गरिदै, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । खेल पत्रकार हिमेशरत्न वज्राचार्यले लेखेको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको सार्वजनिक भएको छ । नेपाली फुटबलको इतिहास समेटिएको यो पुस्तक आइतबार नेपाली फुटबलका हस्ती राजुकाजी शाक्यले विमोचन गरे । शाक्य सन् १९८४ र १९९३ मा नेपालले दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्दाका महत्वपूर्ण सदस्य थिए ।

पुस्तकमा नेपाली फुटबलको सुरुआती समयसहित नेपालले सागमा दुई पटक स्वर्ण पदक जित्दाको इतिहास समावेश छ । नेपाली फुटबलको इतिहास १०० वर्षभन्दा लामो भए पनि अहिलेसम्म फुटबलको इतिहासबारे कुनै पुस्तक लेखिएको थिएन । नेपाली फुटबलको इतिहासमा लेखिएको यो पहिलो पुस्तक हो । फुटबललाई आफ्नो पहिलो प्रेम मान्ने लेखक वज्राचार्यले यो पुस्तक प्रकाशित हुँदा आफ्नो सपना पूरा भएको बताए । 

‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक कार्यक्रममा आफ्नो भनाइ राख्दै लेखक हिमेशरत्न वज्राचार्य, तस्विरः सरोज सापकोटा/खेलाडी । 

बुकहिलले प्रकाशन गरेको सो पुस्तक सार्वजनिक कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले यो पुस्तक पढेपछि पहिले र अहिलेको फुटबलको अन्तर बुझेको बताए । ‘पुस्तक पढेपछि नेपाली फुटबलको धेरै कुरा आफूलाई थाहा नभएको महुसस भयो । त्यसैले पनि नयाँ, पुराना खेलाडी मात्र होइन सबैले फुटबलको इतिहास बुझ्न स्वर्णकथा नेपाली फुटबलको पढ्नै पर्छ,’ राईले भने ।

नेपाली खेलकुदकी गोल्डेन गर्ल ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले खेलकदमा अध्ययन र साहित्य पनि चाहिन्छ र यस पुस्तकले यसको सुरुआत गरेको बताइन् । उनले १०० वर्षदेखिको इतिहासलाई संग्रह गरेर पुस्तकको आकार दिने हिमेशरत्न वज्राचार्य खेल साहित्यको रत्न नै रहेको जिकिर गरिन् । यसैगरी सन्तोषीले यस पुस्तककै प्रेरणा लिएर भविष्यमा आफूले आफ्नाे खेल संस्करण लेख्ने बताइन् ।

पुस्तक पढ्दै राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठ तस्विरः सरोज सापकोटा/खेलाडी । 

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का अध्यक्ष निरञ्जन अधिकारीले नेपाल खेलकुदमा लेखेका पुस्तक खासै नभेटिएको अवस्थामा फुटबल मन पराउनेका लागि यो दस्तावेजसहितको सुन्दर उपहार भएको बताए । एनएसजेएफका पूर्र्व अध्यक्ष अजय फुयालले नेपाललाई फुटबलले खुशी बनाउने कालखण्डलाई जीवन्त राख्ने काम गरेकोमा लेखक वज्राचार्यलाई धन्यवाद दिए । वरिष्ठ पत्रकार युवराज घिमिरेले खेलकुदले पनि कुनै पनि देशको समृद्धि देखाउँछ र यस्ता पुस्तक पनि त्यसका सहायक हुन्, भने । 

यसैगरी प्रकाशक भूपेन्द्र खड्काले फुटबलको पहिलो पुस्तकमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।


भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।