काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिताको च्याम्पियन बनेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न फाइनलमा आर्मीले विभागीय प्रतिद्धन्द्धी नेपाल एपिएफ क्लबविरुद्ध २०-५ को सहज जित दर्ता गर्यो ।
सेमिफाइनलमा आर्मीले कोशी प्रदेशलाई ३६-० र एपिएफले कर्णाली प्रदेशलाई ३१-५ ले पराजित गरेका थिए ।
प्रतियोगितामा आर्मीले एपिएफाई दोस्रो पटक पराजित गरेको हो । यसअघि समूह चरणको खेलमा पनि आर्मी १७-१२ ले विजयी भएको थियो ।
प्रतियोगिताको विजेता आर्मीले १ लाख, उपविजेता एपिएफले ५० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
आर्मीलाई च्याम्पियन बनाउ उत्कृष्ट प्रदर्शन गरेकी मुना सोरेन सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले ७ हजार पाइन् ।
शहिद स्मृति स्पोर्टस एकेडेमीको आयोजनामा पहिलो पटक भएको प्रतियोगितामा पाँच प्रदेश र दुई विभागीय गरि सात टोलीको सहभागिता थियो ।
नेपाल रग्बी संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा आर्मी र एपिएफसिहत कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गरेका थिए ।