असार ८, २०८२ आइतबार | ०८:१३:४३
डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो

‘ओलम्पिकमा नेपाल’ नामक पुस्तक प्रकाशित

‘ओलम्पिकमा नेपाल’ नामक पुस्तक विमोचन गरिदै ।

काठमाठौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले  प्रकाशन गरेको ‘ओलम्पिकमा नेपाल’ नामक पुस्तक विमोचन गरिएको छ ।

बुधबार सदस्य सचिव टंकलाल घिसिङ तथा  बैकुण्ठ मानन्धर, जितबहादुर केसी,दिपक विष्ट, विष्णुबहादुर सिंह लगायत १५ जना ओलम्पियनले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए ।

नेपाल सहभागी भएको सन् १९६४ देखि २०२४ सम्मको ओलम्पिक इतिहास समेटेर पुस्तक प्रकाशन गरिएकाे हो । पारा ओलम्पिक, सितकालिन, ग्रीष्मकालिन तथा युथ ओलम्पिकमा नेपालबाट सहभागी भएका खेलाडीको संक्षिप्त जानकारी तथा उपलव्धी समेटेर पुस्तक प्रकाशन गरिएको राखेप प्रचार शाखा प्रमुख खुशराज दाहालले जानकारी दिए ।  

पेरिस ओलम्पिकलाई केन्द्र बनाएर प्रकाशित भएको पुस्तकमा हाल सम्म सहभागी भएका सबै खेलाडीको विवरण समेटिएको छ । राखेपका सदस्य सचिव घिसिङले यो पुस्तकले नेपाली खेलकुदको इतिहासलाई जिवन्त राख्न सहयोग पुग्ने बताए ।

चार पटक ओलम्पिकमा भाग लिएका धावक बैकुण्ठ मानन्धरले पुस्तकले खेलाडीलाई आम नागरिक सम्म पुर्याउने धारणा राखे । कार्यक्रममा ओलम्पियन संघका अध्यक्ष दीपक  विष्टले पुस्तक राखेपकाे  महत्वपूर्ण सम्पती भएको उल्लेख गरे ।

पुस्तक लेखनमा खेलकुद पत्रकार ध्रुव तुलाधर तथा रोशन राउतले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्ले ओलम्पिकमा नेपाल, एसियाडमा नेपाल र राष्ट्रिय खेलकुदको इतिहास तथा वार्षिक दर्पण सहित पछिल्लो तीन वर्षमा पाँच वटा पुस्तक प्रकाशन गरि सकेको प्रचार शाखा प्रमुख दाहलले जानकारी दिए ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team