चैत्र ४, २०८२ बुधबार | ११:५८:१४
पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने

क्यानमा अध्यक्ष चन्दको एकलौटी, अवैधानिक कृयाकलापविरुद्ध अदालत जान्छुः गुरुङ

फाइल तस्विर।

काठमाडौं । लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङले आफूविरुद्ध आएको अविश्वासको प्रस्ताब र प्रस्ताब ल्याइएको प्रक्रिया अवैधानिक तथा नियोजित भएको बताउँदै त्यसका विरुद्ध आवश्यकता परे कानुनी उपचार समेत खोज्ने बताएका छन् ।

प्रदेशमा गुरुङविरुद्धको अविश्वास प्रस्ताबमाथि निर्णय गर्नका लागि यही जेठ ३ गतेलाई विशेष साधारणसभा बोलाइएको छ । तर गुरुङले भने अविश्वास प्रस्ताबको प्रक्रिया अवैधानिक रहेको भन्दै रोक्नका लागि राष्ट्रिय खेलकुद परिषदमा निवेदन दिएका छन् ।  

अविश्वासको प्रस्ताब आएपछि नेपाल क्रिकेट संघ (क्यान)ले गुरुङलाई निलम्बन गरेर विशेष साधारणसभाको प्रक्रिया अगाडि बढाएको छ । जसमाथि असन्तुष्टि जनाउँदै गुरुङले बुधबार पत्रकार सम्मेलन गरेर क्यान अध्यक्ष चतुरबहादुर चन्दले एकलौटी तरिकाले आफ्नो स्वार्थअनुकुलमात्र चलाएको आरोप लगाए ।

गुरुङका अनुसार उनीमाथिको अविश्वास प्रस्ताब र प्रस्ताब ल्याउनका लागि आधारका रुपमा प्रस्तुत गरिएको प्रादेशिक क्रिकेट संघ विनियमावली २०८१ नै आफैमा अवैधानिक छ । क्यानको साधारणसभाले प्रादेशिक क्रिकेट संघ विनियमावली २०८० पास गरिसकेको अवस्थामा अचानक अध्यक्षले नयाँ विनियमावली ल्याएर क्यान कब्जा गर्न खोजेको उनको आरोप थियो ।

आफूविरुद्ध अविश्वासको प्रस्ताबरुपी तरवार तेर्स्याउँदा पनि अध्यक्ष चन्दले एकलौटी रुपमा निर्णय गरेको उनको आरोप छ । ‘एउटा प्रदेशको अध्यक्षलाई निलम्बन गर्ने, अविश्वासको प्रस्ताबमाथि निर्णय गर्ने साधारणसभा बोलाउने जस्ता विषयमा कार्यसमितिमा छलफल हुनुपर्दैन ? अध्यक्षले एकलौटी रुपमा गर्न मिल्छ ? नेपाल क्रिकेट संघ कसरी चलिरहेको छ,’ उनले प्रश्न गरे ।

अध्यक्ष चन्दले क्यान कब्जा गर्ने रणनीतिअनुसार पहिला सुदूरपश्चिम प्रदेश क्रिकेट संघमा अध्यक्ष विरुद्ध कार्यसमितिका ११ जनालाई राजीनामा गराएको र त्यसपछि लुम्बिनीमा पनि अध्यक्ष फेर्ने षडयन्त्र थालेको गुरुङको दाबी थियो ।

लुम्बिनीमा क्यान अध्यक्ष चन्द आफैले सबै जिल्ला पुगेर सदस्यहरुलाई अविश्वासको प्रस्ताबमा हस्ताक्षर गराएको गुरुङले जिकिर गरे ।

‘क्यानको अध्यक्ष आफैले गएर जिल्लामा साथीहरुलाई उकास्ने काम गर्नुभयो । साथीहरुले मसँग सबै कुरा गरेका छन्,’ उनले भने ।

नेपाली क्रिकेटलाई सही बाटोमा फर्काउने प्रयासस्वरुप आफूले अवैधानिक कृयाकलापहरुको विरोध गरेको उनको भनाई थियो । राष्ट्रिय खेलकुद परिषदले जेठ ३ गतेलाई तय गरिएको विशेष साधारणसभा रोक्ने विश्वास व्यक्त गर्दै उनले थपे, ‘परिषदबाट न्याय पाइन भने अदालत जान बाध्य हुनेछु ।’

क्यानमा साधारणसभाले गर्नुपर्ने तथा कार्यसमितिले गर्नुपर्ने काम पनि अध्यक्ष चन्दले कसैलाई थाहा नदिई आफूखुसी गरिरहेको दाबी गर्दै उनले त्यस्ता अवैधानिक कृयाकलाप सच्याएरै छोड्ने बताए ।

आफूविरुद्ध आएको अविश्वासको प्रस्ताब स्वभाविक नभएको दाबी गर्दै गुरुङले थपे, ‘यो कुनै पनि हालतमा स्वभाविक छैन । अध्यक्षज्यूले साथीहरुलाई जबरजस्ती गर्न लगाउनुभएको छ । मविरुद्धको अविश्वास प्रस्ताब मैले फेस गर्न पाउनुपर्ने थियो । तर पहिल्यै मलाई निलम्बन गरेर साधारणसभा बोलाउनुभएको छ । अनि यति गम्भीर विषयमा निर्णय गर्दा कार्यसमितिको बैठक समेत बस्नुभएको छैन ।’

अध्यक्ष चन्दले पहिला सुदूरपश्चिम, त्यसपछि लुम्बिनी हुँदै सबै प्रदेशमा हस्तक्षेप गर्ने योजना बनाएको गुरुङको आरोप थियो । उनले भने, ‘लुम्बिनीमा उहाँ सफल हुनुभयो भने अबको पालो कोशी प्रदेशको हो । सुदूरपश्चिममा उहाँले आक्रमण गर्दा नै त्यसपछि लुम्बिनी भनिएको थियो । अहिले त्यस्तै भयो । अब लुम्बिनीपछि कोशी भनिएको छ । सबै प्रदेशको पालो आउँछ । अनि जिल्लामा हस्तक्षेप गरेर चुनाव अघिसम्ममा सबैतिर आफ्नो एकलौटी गर्ने उहाँको योजना हो ।’


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH