काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, केन्द्रिय सदस्य छुम्बी लामा लगायतले बुधबार टोलीको बिदाइ गरे ।
शृंखला अगाडि नेपालले बेलायतको स्थानियन टोली तथा स्टकल्यान्डको ‘ए’ टोलीसँग अभ्यास खेल खेल्नेछ ।
नेपाली टोली बुधबार साँझ ६ बजे बेलायत प्रस्थान गर्नेछ । बिदाइ कार्यमक्रममा मुख्य प्रशिक्षक स्टुवार्ट ल र कप्तान रोहितकुमार पौडेल भने उपस्थित थिएनन् ।
क्यानका सचिव पारस खड्काले ल व्यक्तिगत कारणले बेलयायत गएको र त्यही टोलीसँग जोडिने जानकारी दिए । यसैगरी रोहितको परिक्षा चलिहरेका कारण दुई दिन पछि मात्रै बेलयत जानले छन् ।
नेपाली टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्ल स्कटल्यान्डमा खेल्न केही गाह्रो हुने भए पनि टोली त्यसका लागि तयार रहेको बताउँछन् ।
‘स्कटल्यान्डमा खेल्न गाह्रो हुन्छ । तर हामीले उनीहरूलाई त्यहा हराइसकेका छौं । सबै खेलाडी फिट रहेकाले टोलीको मनोबल उच्च छ । हामी त्यहाँ राम्रो प्रदर्शन गर्नेछौ,’ मल्लले भने,‘ यो शृंखलामा कम्तिमा पनि दुई जित निकाल्न सक्यौ भने हाम्रो आगामी यात्रा केही सहज हुनेछ ।‘
लिग–२ को शृंखलाका लागि नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), गुलशनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी (उप कप्तान), सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल
यस्तै लिग-२ पछि हुन ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाका लागि किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहलाई टोलीमा समावेश गरिएको छ ।
किरण र रुपेशले पहिलो राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।