माघ ४, २०८२ आइतबार | ०१:०१:२३
रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी

स्कटल्यान्ड जाने क्रिकेट टोलीको बिदाइ

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, केन्द्रिय सदस्य छुम्बी लामा लगायतले बुधबार टोलीको बिदाइ गरे ।

शृंखला अगाडि नेपालले बेलायतको स्थानियन टोली तथा स्टकल्यान्डको ‘ए’ टोलीसँग अभ्यास खेल खेल्नेछ ।

नेपाली टोली बुधबार साँझ ६ बजे बेलायत प्रस्थान गर्नेछ । बिदाइ कार्यमक्रममा मुख्य प्रशिक्षक स्टुवार्ट ल र कप्तान रोहितकुमार पौडेल भने उपस्थित थिएनन् ।

क्यानका सचिव पारस खड्काले ल व्यक्तिगत कारणले बेलयायत गएको र त्यही टोलीसँग जोडिने जानकारी दिए । यसैगरी रोहितको परिक्षा चलिहरेका कारण दुई दिन पछि मात्रै बेलयत जानले छन् ।

नेपाली टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्ल स्कटल्यान्डमा खेल्न केही गाह्रो हुने भए पनि टोली त्यसका लागि तयार रहेको बताउँछन् ।

‘स्कटल्यान्डमा खेल्न गाह्रो हुन्छ । तर हामीले उनीहरूलाई त्यहा हराइसकेका छौं । सबै खेलाडी फिट रहेकाले टोलीको मनोबल उच्च छ । हामी त्यहाँ राम्रो प्रदर्शन गर्नेछौं,’ मल्लले भने,‘ यो शृंखलामा कम्तिमा पनि दुई जित निकाल्न सक्यौ भने हाम्रो आगामी यात्रा केही सहज हुनेछ ।’

लिग–२ को शृंखलाका लागि नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), गुलशनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी (उप कप्तान), सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल

यस्तै लिग-२ पछि हुन ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाका लागि किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहलाई टोलीमा समावेश गरिएको छ ।

किरण र रुपेशले पहिलो राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate