वैशाख ६, २०८२ शनिबार | २१:२२:४४
खुसी, गजेन्द्र र अभिषेक च्याम्पियन बटलरको उत्कृष्ट प्रदर्शन, गुजरातको पाँचौं जित ललितपुर लगातार दोस्रो पटक उपाधि नजिक सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा नुवाकोटमा मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल हुने दिल्लीले दियो गुजरातलाई २०४ रनको लक्ष्य वर्षाका कारण निर्णायक खेल रद्द, अफगानिस्तान विश्वकपमा छनोट मैदानको कभर हट्यो लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली खुसी, गजेन्द्र र अभिषेक च्याम्पियन बटलरको उत्कृष्ट प्रदर्शन, गुजरातको पाँचौं जित ललितपुर लगातार दोस्रो पटक उपाधि नजिक सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा नुवाकोटमा मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल हुने दिल्लीले दियो गुजरातलाई २०४ रनको लक्ष्य वर्षाका कारण निर्णायक खेल रद्द, अफगानिस्तान विश्वकपमा छनोट मैदानको कभर हट्यो लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली

विश्वकप उपविजेता खो-खो टोलीले पाउनेछ, झण्डै एक करोड

खो-खो विश्वकपको फाइनलमा भारतविरुद्ध प्रतिस्पर्धा गर्दै नेपाली पुरुष टोली ।

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न खो-खो विश्वकप २०२५ मा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोलीले पुरस्कार स्वरुप नेपाल सरकारबाट कति रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन ? यो आम जनमानस र सम्पूर्ण खेलप्रेमीमा उब्जिएको प्रश्न हो ।

 विश्वकपको पहिलो संस्करणमै फाइनल पुगेका नेपालका महिला र पुरुष टोली आइतबार उपाधि भिडन्तमा घरेलु भारतसँग पराजित हुँदा विश्व च्याम्पियन हुनबाट चुकेका थिए । पुरुष टोलीले ५४-३६ को हार बेहोर्दा महिला टोलीले भारतलाई ७४-४० को अन्तरमा नतिजा सुम्पियो । फाइनलमा पराजय बेहोरे पनि नेपाली खेलकुदका लागि यो एउटा ऐतिहासिक उपलब्धि रह्यो । जसका कारण खो खोका दुवै राष्ट्रिय टोली सरकारबाट आकर्षक पुरस्कारले सम्मानित हुनेछन् ।

खेलकुद विकास ऐनका अनुसार विश्व च्याम्पियनसिपमा उपविजेता बनेका दुवै टोलीले झण्डै ५० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । खेलकुद विकास नियमावली २०७९ को दफा २८ मा अन्तर्राष्ट्रिय महासंघ (आइएफ)का आधिकारिक विश्व च्याम्पियनसिपको सामूहिक प्रतिस्पर्धातर्फ स्वर्ण पदक जिते ५२ लाख तथा रजत पदक जिते ४५ लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख छ । जसअनुसार नेपाली खो खो महिला र पुरुष दुवै टोलीले ४५ लाख रुपैयाँ पक्का गरिसकेका छन् ।

पाराओलम्पिकमा कांस्य पदक विजेता पलेसा गोवर्धन (बीच) ।

खेलकुद विकास नियमावलीको व्यवस्था अनुसार यसै वर्ष सम्पन्न पेरिस पारा ओलम्पिक २०२४ मा ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दो खेलाडी पलेसा गोवर्धनले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ प्राप्त गरेकी थिइन । खेलाडीसँगै पदक विजेता खेलका प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो–चिकित्सक, व्यवस्थापक र खेल संघ पनि पुरस्कृत हुने नियमावलीमा उल्लेख छ ।जसअनुसार प्रशिक्षकको हकमा स्वर्ण जिते १३ लाख र रजत जिते ७ लाख ८० हजार प्राप्त गर्ने व्यवस्था छ । त्यस्तै सहायक प्रशिक्षक, फिजियो-चिकित्सक र व्यवस्थापकको हकमा स्वर्ण जिते ६ लाल ५० हजार र रजत जिते ३ लाख ९० हजार पुरस्कार प्राप्त गर्ने व्यवस्था छ । 

यसैगरी खेलकुद संघको हकमा स्वर्ण जिते १९ लाख ५० हजार र रजत जिते १५ लाख ६० हजार पाउने प्रावधान छ ।यी सबै पुरस्कार राशी मन्त्रिपरिषद्बाट स्विकृत भएपछि मात्र पदक विजेता टोली र सम्बन्धित व्यक्ति वा संघले प्राप्त गर्ने व्यवस्था छ । यसका लागि खेलकुद विकास नियमावली २०७९ को धारा २७ अनुसार पदक विजेता संघले पदक जितेको १५ दिन भित्र पुरस्कार पाउनका लागि निवेदन दिनुपर्ने हुन्छ । निवेदन दिइसकेपछि धारा २८ को व्यवस्था अनुसार युवा तथा खेलकुद मन्त्रालयले पदक प्राप्त गर्ने टोलीको सूची तयार गरी मन्त्रिपरिषद् समक्ष स्वीकृतिको लागि पेस गर्नेछ । यी सबै प्रक्रिया पूरा भइसकेपछि बल्ल मन्त्रिपरिषद्ले अध्ययन गरेर पुरस्कारको स्वीकृति दिने कानुनी व्यवस्था छ । 

नेपाली महिला टोली समूह ‘सी’ का सबै चार खेल जित्दै विजेताको रूपमा क्वार्टरफाइनल प्रवेश गरेको थियो । नेपालले समूह चरणमा भुटानलाई ९३-२४, जर्मनीलाई ७३-३४, श्रीलंकालाई ११०-१० र बंगलादेशलाई ८४-२४ ले पराजित गरेको थियो । नेपालले क्वार्टरफाइनलमा इरानलाई १०३-८ तथा सेमिफाइनलमा युगाण्डालाई ८९-१८ ले हराएको थियो ।

खो-खो विश्वकपको फाइनलमा भारत (नीलो)विरुद्ध प्रतिस्पर्धा गर्दै नेपाली महिला टोली ।

नेपाली पुरुष टोली समूह ‘ए’ को उपविजेता बन्दै क्वार्टरफाइनल पुगेको थियो । समूह चरणमा भारतसँग ४२–३७ ले पराजित भएको नेपालले पेरुलाई ८०-३४, ब्राजिललाई १३४-८ र भुटानलाई ९८-८ अंकले हराएको थियो । यसैगरी नेपालले क्वार्टरफाइनलमा बंगलादेशविरुद्ध ६७-१८ तथा सेमिफाइनलमा इरानविरुद्ध ७२-२० को जित दर्ता गरेको थियो । 

देशलाई ऐतिहासिक पदक जिताएको नेपाली खो-खो टोली सोमबार दिउँसो स्वदेश फर्किँदैछ । टोली ३ः४५ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने कार्यक्रम छ ।


भिडियो
Private video
NPC VS SFC POST MATCH CONFERENCE LUMBINI CUP
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC