माघ १७, २०८२ शनिबार | १६:५३:३५
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

ललितपुर लगातार दोस्रो पटक उपाधि नजिक

ललितपुर र धनगढी प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा/ खेलाडी ।

काठमाडौं । धनगढी एफसीविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्दै ललितपुर सिटी एफसी लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंशालामा शनिबार सम्पन्न पहिलो क्वालिफायरमा साबिक विजेता ललितपुरलाई जित दिलाउन कर्भन्स बाल्फोर्ट र पापा इबो केबेले गोल गरे । धनगढीका लागि जर्जफ्रिन्स कार्कीले गोल फर्काए ।

खेलको १६औं मिनेटमा ललितपुर १० खेलाडीमा समेटियो । बल नियन्त्रणमा लिने प्रयास गर्दा मणिकुमार लामा धनगढीका मोहम्मद अल जाओनीसँग ठोकिन पुगेका थिए । रेफ्री उमेश बिडारीले सहायक रेफ्री किसनकन्हैया यादवसँग सल्लाह गरेर मणिलाई सीधै रातो कार्ड देखाए । 

बाल्फोर्टको गोलमार्फत ५७औं मिनेटमा ललितपुरले अग्रता लिएको थियो । उनले फ्रिकिकमा उत्कृष्ट गोल गरे । 

ललितपुरको यो अग्रता लामो समयसम्म टिक्न भने सकने । चार मिनेटपछि नै वैकल्पिक खेलाडी जर्जप्रिन्सले धनगढीलाई बराबरीमा ल्याए । सर्जियो बार्बाजोको कर्नरलाई ललितपुरका रक्षकले राम्रोसँग क्लियर गर्न नसकेको अवस्थाको फाइदा उठाउँदै जर्जप्रिन्सले बललाई जाली चुमाए । 

जर्जप्रिन्सले मैदान छिरेको एक मिनेट पनि बित्न नपाउँदै गोल गरे । उनी ६०औं मिनेटमा दिपेश राईको स्थान लिँदै मैदान प्रवेश गरेका थिए । 

पापा इबो केबेले गोल गर्दा ७९औं मिनेटमा ललितपुर २-१ ले अगाडी बढ्यो । उनले धनगढीका चार रक्षकलाई बिट गर्दै बक्स बाहिरबाट गरेको प्रहारले जाली चुमेको थियो ।

 खेल सकिएपछि विपक्षी खेलाडीलाई लडाएपछि धनगढीका रक्षक काइसेडाेले दोहोरो पहेंलोसहित राताे कार्ड बेहोरेका थिए । यसैगरी बिबादमा उत्रिएपछि ललितपुरका पापे डिकेटले पनि राताे कार्डकाे सामना गरेका थिए

धनगढीले दोस्रो क्वालिफायरमा एफसी चितवन र पोखरा थन्डर्स एफसीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।