चैत्र १३, २०८२ शुक्रबार | ०२:२२:३०
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

ललितपुर लगातार दोस्रो पटक उपाधि नजिक

ललितपुर र धनगढी प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा/ खेलाडी ।

काठमाडौं । धनगढी एफसीविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्दै ललितपुर सिटी एफसी लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंशालामा शनिबार सम्पन्न पहिलो क्वालिफायरमा साबिक विजेता ललितपुरलाई जित दिलाउन कर्भन्स बाल्फोर्ट र पापा इबो केबेले गोल गरे । धनगढीका लागि जर्जफ्रिन्स कार्कीले गोल फर्काए ।

खेलको १६औं मिनेटमा ललितपुर १० खेलाडीमा समेटियो । बल नियन्त्रणमा लिने प्रयास गर्दा मणिकुमार लामा धनगढीका मोहम्मद अल जाओनीसँग ठोकिन पुगेका थिए । रेफ्री उमेश बिडारीले सहायक रेफ्री किसनकन्हैया यादवसँग सल्लाह गरेर मणिलाई सीधै रातो कार्ड देखाए । 

बाल्फोर्टको गोलमार्फत ५७औं मिनेटमा ललितपुरले अग्रता लिएको थियो । उनले फ्रिकिकमा उत्कृष्ट गोल गरे । 

ललितपुरको यो अग्रता लामो समयसम्म टिक्न भने सकने । चार मिनेटपछि नै वैकल्पिक खेलाडी जर्जप्रिन्सले धनगढीलाई बराबरीमा ल्याए । सर्जियो बार्बाजोको कर्नरलाई ललितपुरका रक्षकले राम्रोसँग क्लियर गर्न नसकेको अवस्थाको फाइदा उठाउँदै जर्जप्रिन्सले बललाई जाली चुमाए । 

जर्जप्रिन्सले मैदान छिरेको एक मिनेट पनि बित्न नपाउँदै गोल गरे । उनी ६०औं मिनेटमा दिपेश राईको स्थान लिँदै मैदान प्रवेश गरेका थिए । 

पापा इबो केबेले गोल गर्दा ७९औं मिनेटमा ललितपुर २-१ ले अगाडी बढ्यो । उनले धनगढीका चार रक्षकलाई बिट गर्दै बक्स बाहिरबाट गरेको प्रहारले जाली चुमेको थियो ।

 खेल सकिएपछि विपक्षी खेलाडीलाई लडाएपछि धनगढीका रक्षक काइसेडाेले दोहोरो पहेंलोसहित राताे कार्ड बेहोरेका थिए । यसैगरी बिबादमा उत्रिएपछि ललितपुरका पापे डिकेटले पनि राताे कार्डकाे सामना गरेका थिए

धनगढीले दोस्रो क्वालिफायरमा एफसी चितवन र पोखरा थन्डर्स एफसीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो