माघ १५, २०८२ बिहीबार | २०:१०:४७
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

पाम लगातार सातौं पटक च्याम्पियन

काठमाडौं । बन्दी सहायता नियोग (पाम) नेकोस सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको च्याम्प्यिन बनेको छ । पामले विगतका ६ संस्करणको पनि उपाधि  जितेको थियो ।

२२ स्पर्धा समावेश सातौं संस्करणमा पामले ११ स्वर्ण, चार रजत र चार कांस्य पदक जित्यो । पहिलो दिन सात स्वर्ण जितेको पामले दोश्रो दिन चार स्वर्ण थप्यो ।

नेपाल खेलकुद महासंघ (नेकोस) तथा राष्ट्रिय जुडो संघ नेपालको संयुक्त आयोजनामा भएको प्रतियोगितामा बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) उपविजेता बन्यो । एमएमएसीले तीन स्वर्ण, पाँच रजत र चार कांस्य  पदक हात पार्यो ।

तेश्रो स्थानको भुटानले दुई  स्वर्ण,  तीन रजत र दुई कांस्य प्राप्त ग¥यो । बाँके र एपपएफले समान दुई तथा दाङ र रुसले समान एक स्वर्ण पदक जिते । पुरुषमा एमएमएसीका सदिन तामाङ तथा महिलामा पामकी कृष्णा महतरा उत्कृष्ट खेलाडी घोषित भए ।

खुशिबुँस्थित एमएमएसीको हलमा भएको प्रतियोगिता अन्तर्गत पुरुष २० केजीमुनिमा विष्णु गिरी, २५ केजीमुनिमा अस्विन तामाङ, ३५ केजीमुनिमा बविन कुमाल दियाली, ५५ केजीमुनिमा दीपेश गुरुङ, ६० केजीमुनिमा सविनकुमार दियाली र ५० केजीमुनिमा सुरज समलले पामलाई स्वर्ण  पदक दिलाए । पामका लागि महिला २८ केजीमुनिमा कृष्णा महतरा, ४४ केजीमुनिमा समिता नेपाली, ५२ केजीमुनिमा विनिता नेपाली, ३२ केजीमुनिमा शशिकला थापा मगर र ४८ केजीमुनिमा रमा समलले स्वर्ण पदक जिते ।

एमएमएसीका सुवास विकले पुरुष ३० केजीमुनिमा, सदिन तामाङले पुरुष ४० केजीमुनिमा र सरस्था नापितले महिला ५७ केजीमुनिमा  स्वर्ण पदक हात पारे ।

भुटानका तेन्जिन दोर्जीले पुरुष ७३ केजीमाथिमा तथा किन्जाङ डेकीले महिला ६३ केजीमाथिमा स्वर्ण पदक चुमे । बाँकेकी खिमा रोकाले महिला ३६ केजीमुनिमा  तथा कविता बुढाथोकीले महिला ४१ केजीमुनिमा स्वर्ण हात पारे । एपिएफका विशेष विकले पुरुष ६६ केजीमुनिमा तथा रेखा श्रेष्ठले महिला ६३ केजीमुनिमा शीर्ष स्थान हात पारे ।

त्यस्तै पुरुष ७३ केजीमुनिमा दाङका पारस रोका मगर तथा ४५ केजीमुनिमा रुसका डेविड मगोमेदोबले स्वर्ण पदक हात पारे ।

विजेतालाई पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य जगतसिंह धामी, आयोजक राष्ट्रिय जुडो संघका अध्यक्ष धर्मकुमार श्रेष्ठलगायतले पुरस्कृत गरे । आयोजकका अनुसार दुई दिने प्रतियोगितामा नेपालका विभिन्न जिल्ला÷क्लब, रुस, भुटान, फ्रान्स, काजाकिस्तान र भारतका २०८ खेलाडी सहभागी थिए ।

समापनका अवसरमा प्रतियोगितामा सहभागी नेपालका २० टिमलाई पाँच थानका दरले गी (खेल पोशाक) प्रदान गरिएको थियो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।