चैत्र १८, २०८२ बुधबार | १५:४८:०३
कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर

पाम लगातार सातौं पटक च्याम्पियन

काठमाडौं । बन्दी सहायता नियोग (पाम) नेकोस सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको च्याम्प्यिन बनेको छ । पामले विगतका ६ संस्करणको पनि उपाधि  जितेको थियो ।

२२ स्पर्धा समावेश सातौं संस्करणमा पामले ११ स्वर्ण, चार रजत र चार कांस्य पदक जित्यो । पहिलो दिन सात स्वर्ण जितेको पामले दोश्रो दिन चार स्वर्ण थप्यो ।

नेपाल खेलकुद महासंघ (नेकोस) तथा राष्ट्रिय जुडो संघ नेपालको संयुक्त आयोजनामा भएको प्रतियोगितामा बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) उपविजेता बन्यो । एमएमएसीले तीन स्वर्ण, पाँच रजत र चार कांस्य  पदक हात पार्यो ।

तेश्रो स्थानको भुटानले दुई  स्वर्ण,  तीन रजत र दुई कांस्य प्राप्त ग¥यो । बाँके र एपपएफले समान दुई तथा दाङ र रुसले समान एक स्वर्ण पदक जिते । पुरुषमा एमएमएसीका सदिन तामाङ तथा महिलामा पामकी कृष्णा महतरा उत्कृष्ट खेलाडी घोषित भए ।

खुशिबुँस्थित एमएमएसीको हलमा भएको प्रतियोगिता अन्तर्गत पुरुष २० केजीमुनिमा विष्णु गिरी, २५ केजीमुनिमा अस्विन तामाङ, ३५ केजीमुनिमा बविन कुमाल दियाली, ५५ केजीमुनिमा दीपेश गुरुङ, ६० केजीमुनिमा सविनकुमार दियाली र ५० केजीमुनिमा सुरज समलले पामलाई स्वर्ण  पदक दिलाए । पामका लागि महिला २८ केजीमुनिमा कृष्णा महतरा, ४४ केजीमुनिमा समिता नेपाली, ५२ केजीमुनिमा विनिता नेपाली, ३२ केजीमुनिमा शशिकला थापा मगर र ४८ केजीमुनिमा रमा समलले स्वर्ण पदक जिते ।

एमएमएसीका सुवास विकले पुरुष ३० केजीमुनिमा, सदिन तामाङले पुरुष ४० केजीमुनिमा र सरस्था नापितले महिला ५७ केजीमुनिमा  स्वर्ण पदक हात पारे ।

भुटानका तेन्जिन दोर्जीले पुरुष ७३ केजीमाथिमा तथा किन्जाङ डेकीले महिला ६३ केजीमाथिमा स्वर्ण पदक चुमे । बाँकेकी खिमा रोकाले महिला ३६ केजीमुनिमा  तथा कविता बुढाथोकीले महिला ४१ केजीमुनिमा स्वर्ण हात पारे । एपिएफका विशेष विकले पुरुष ६६ केजीमुनिमा तथा रेखा श्रेष्ठले महिला ६३ केजीमुनिमा शीर्ष स्थान हात पारे ।

त्यस्तै पुरुष ७३ केजीमुनिमा दाङका पारस रोका मगर तथा ४५ केजीमुनिमा रुसका डेविड मगोमेदोबले स्वर्ण पदक हात पारे ।

विजेतालाई पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य जगतसिंह धामी, आयोजक राष्ट्रिय जुडो संघका अध्यक्ष धर्मकुमार श्रेष्ठलगायतले पुरस्कृत गरे । आयोजकका अनुसार दुई दिने प्रतियोगितामा नेपालका विभिन्न जिल्ला÷क्लब, रुस, भुटान, फ्रान्स, काजाकिस्तान र भारतका २०८ खेलाडी सहभागी थिए ।

समापनका अवसरमा प्रतियोगितामा सहभागी नेपालका २० टिमलाई पाँच थानका दरले गी (खेल पोशाक) प्रदान गरिएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो