चैत्र ११, २०८२ बुधबार | २२:२८:०९
निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध

पहिलो दिन पामलाई सात स्वर्ण

काठमाडौं । बन्दी सहायता नियोग (पाम) ले नेकोस सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको पहिलो दिन बिहीबार सात स्वर्ण पदक जितेको छ ।

पहिलो दिन ११ स्वर्णको टुंगो लाग्दा पाम अगाडि रहँदा एपिएफले दुई तथा बाँके र रुसले समान एक स्वर्ण पदक हात पारे ।

नेपाल खेलकुद महासंघ (नेकोस) तथा राष्ट्रिय जुडो संघ नेपालको संयुक्त आयोजनामा जारी प्रतियोगिताको पुरुष २० केजीमुनिमा विष्णु गिरी, २५ केजीमुनिमा अस्विन तामाङ, ३५ केजीमुनिमा बविनकुमाल दियाली र ५५ केजीमुनिमा दीपेश गुरुङले पामलाई स्वर्ण पदक दिलाए ।

फाइनलमा विष्णुले बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) का प्रिन्स विक, अस्विनले एमएमएसीका दियान तामाङ, बविनले बाल विकास स्कुलका आदित्य श्रेष्ठ र दीपेशले कोशी प्रदेशका लक्ष्मी राजवंशीलाई पराजित गरे ।

पुरुषकै ४५ केजीमुनिमा रुसका डेविड मगोमेदोबले भुटानका निमा तेन्जिन तथा ६६ केजीमुनिमा एपपएफका विशेष विकले दाङका सुन्दरराना मगरलाई फाइनलमा हराउदै स्वर्ण पदक चुमे ।

पामका लागि महिला २८ केजीमुनिमा कृष्णा महतरा, ४४ केजीमुनिमा समिता नेपाली र ५२ केजीमुनिमा विनिता नेपालीले स्वर्ण जिते । कृष्णाले फ्रान्सकी ली प्लान्टार्ड, समिताले एसओएस जुडो डोजोकी मनमाया तामाङ र विनिताले भुटानकी तान्डिन दोर्जी वाङमोलाई निरास बनाए ।

नयाँबजरस्थित खुशिबुँमा भएको प्रतियोगिताको महिला ३६ केजीमुनिमा बाँकेकी खिमा रोकाले स्वर्ण पदक जितिन् । खिमाले फाइनलमा एमएमएसीकी रेनिशा वाइबालाई हराएइन् । महिला ६३ केजीमुनिको फाइनलमा एपिएफकी रेखा श्रेष्ठले पामकी लक्ष्मी श्रृषलाई पराजित गरिन् ।

प्रतियोगिताको उद्घाटन नेकोसका इन्चार्ज जेएन थपलियाले गरेका थिए । प्रतियोगितामा नेपालका विभिन्न जिल्ला÷क्लब, रुस, भुटान, फ्रान्स, काजाकिस्तान र भारतका २०८ खेलाडीको सहभागिता रहेको राष्ट्रिय जुडो संघ नेपालका अध्यक्ष धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

पुरुषमा १२ र महिलामा ११ गरी २३ स्पर्धामा २१ वर्षमुनिका खेलाडी सहभागी छन् । प्रतियोगिताको अन्तिम दिन शुक्रबार १२ स्पर्धाको फाइनल हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो