फाल्गुन २५, २०८२ सोमबार | १२:१८:५८
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा

नेपालगञ्ज । भारतको सिलगुरी एफसीविरुद्ध ४-० को सहज जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार नेपालगञ्ज रंगशालामा पुलिसलाई जित दिलाउन निर्मला उपाध्यायले दुई तथा मिना देउवा र कप्तान निरु थापाले गोल गरे । खेलको ‘प्लेयर अफ द म्याच’ निर्मला घोषित भइन् ।

अब पुलिसले फाइनल प्रवेशको लागि वैशाख ९ गते अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आर्मीले उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ४-० ले नै  पराजित गरेको थियो ।

पुलिसले पहिलो हाफमै चार गोल गरेको थियो । मिनाले खेलको १३औं मिनेटमै पहिलो गोल गरिन् । पाँच मिनेटपछि नै निर्मलाले पुलिसको अग्रता दोब्बर बनाए ।

पुलिसले २२औं मिनेटमा आफ्नो अग्रतलाई ३-० मा पुर्यो । निरुले पेनाल्टीमार्फत गोल गरिन् ।

निर्मलाले ३०औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरिन् । दोस्रो हाफमा भने सिलिगुरीले सुधारिएको खेल खेलेको थियो ।  दुवै टोलीबाट गोल भने निस्कन सकने ।

आइतबार घरेलु टोली बाँके ११ र  रौतहट जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुनेछ ।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा भइरहेको प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । हरेक खेलका ‘प्लेयर अफ द म्याच र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने आयोजक अन्तरालले जनाएको छ ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||