जेष्ठ ४, २०८२ शनिबार | २१:५२:५३
लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङविरुद्ध अविश्वासको प्रस्ताब पारित युएईमा रेखा पौडेल नगदसहित सम्मानित पहिलो दिन नेपाललाई अग्रता न्युटन र भ्याली पब्लिक उपाधि नजिक डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि हुने शीर्ष डिभिजनमा प्लानिङ ब्वाइजको उडान कोहलीको संन्यासः #२६९ साइन अफ लबाट सम्भव होला मोन्टीको जस्तो चमत्कार ? अदालतको ढोकामा अस्तित्व खोज्दै खेलकुद क्लाइमेक्सतिर युरोपेली फुटबल लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङविरुद्ध अविश्वासको प्रस्ताब पारित युएईमा रेखा पौडेल नगदसहित सम्मानित पहिलो दिन नेपाललाई अग्रता न्युटन र भ्याली पब्लिक उपाधि नजिक डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि हुने शीर्ष डिभिजनमा प्लानिङ ब्वाइजको उडान कोहलीको संन्यासः #२६९ साइन अफ लबाट सम्भव होला मोन्टीको जस्तो चमत्कार ? अदालतको ढोकामा अस्तित्व खोज्दै खेलकुद क्लाइमेक्सतिर युरोपेली फुटबल
शनिबारको दिन

जनमानसमा पुग्न संघर्षरत रग्बी

काठमाडौं । नेपाली खेलकुदमा रग्बी खेल अस्तित्वमा आएको तीन दशक भइसक्यो । तर, यसले नेपाली खेलप्रेमीमाझ आफूलाई सोचे जसरी अझै पुर्याउन सकिरहेको छैन । दर्शक आकर्षित गर्न सकेको छैन ।

रग्बीले आफ्नो सौन्दर्य र महत्व आम जनमानसमा चिनाउन सकेको महसुस गर्न सकिँदैन । नेपाल रग्बी  संघ २०५२ सालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा ३७औं संघका रूपमा दर्ता भएको थियो । तर, सुरुआती समयमा केही गतिविधि गरेपछि संघ निस्क्रिय बन्यो । जसले गर्दा रग्बीले नेपाली खेलकुदमा खासै आकार लिन सकेन ।

यद्यपि २०६८ सालमा टंकलाल घिसिङको अध्यक्षतामा नेपाल रग्बी संघको पुनर्गठन भएपछि रग्बीले विस्तारै गति लिन थाल्यो । पुनर्गठनपछि रग्बीका गतिविधि विस्तार हुन थाले । घिसिङले राखेपमा सदस्यसचिवका रूपमा कार्यकारी प्रमुखको जिम्मेवारी पाएपछि त झन यो खेलले नेपाली खेलकुदमा देखिने गरी एक्सपोजर पाउँदै गयो ।

 एसिया रग्बी सेभेन्स ट्रफीमा महिलातर्फ प्रतिस्पर्धा गर्दै नेपाल (रातो जर्सी) र फिलिपिन्स ।

नेपालले गत वर्षमात्र एसिया रग्बी सेभेन्स ट्रफीको आयोजना गरेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दुई दिने प्रतियोगितामा पुरुषका १४ र महिलाका सात टोलीको सहभागिता थियो । यति धेरै राष्ट्रिय टोलीको सहभागितामा अन्तर्राष्ट्रिय प्रतियोगिता हुनु रग्बीका लागि ठूलो उपलब्धि हो । तर, रग्बी भन्नेबित्तिकै आम जनमानसमा एउटै प्रश्न उब्जिन्छ, ‘रग्बी भन्ने खेल कस्तो हुन्छ ?’

 हालै मात्र संघ नेपाल ओलम्पिक कमिटीको सदस्यता प्राप्त गर्न सफल रह्यो ।

‘अहिले ५२ जिल्लामा रग्बीका गतिविधि भइरहेका छन् । जबसम्म एसियाली खेलकुद, ओलम्पिक, विश्वकप प्रतिस्पर्धामा हामीले रग्बीलाई लान सक्दैनौं, ट्रफी जित्न सक्दैनौं । हामीले यसलाई चाहेर पनि खेलप्रेमीमाझ चिनाउन सक्दैनौं,’ नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरे तर्क गर्छन् ।

पूर्वअध्यक्ष घिसिङ भने यसलाई फरक तरिकाले हेर्छन् । उनका अनुसार आवश्यक प्रवद्र्धन नहुँदा रग्बी खेल सुन्दर हुनुका बावजुद पछाडि परेको छ । घिसिङ भन्छन्, ‘मलाई लाग्छ हामी रग्बी जस्तो सुन्दर खेल प्रवद्र्धन गर्ने कुरामा चुकिरहेका छौं । दर्शकले रग्बीको स्वाद चाख्न पाएको खण्डमा दोहोर्याएर खेल हेर्न आउने कुरामा दुईमत छैन । रग्बी आफैंमा लोभलाग्दो खेल हो । यसको नियम बुझ्न सकियो भने समर्थक मैदान ल्याउन गाह्रो हुनेछैन । त्यसैले अहिलेदेखि नै प्रवद्र्धनको कुरालाई प्राथमिकतामा राख्न आवश्यक छ ।’

सेभेन-ए साइड पुरुष रग्बी टोली । 

नेपाल रग्बी संघले सन् २०१४ मा एसिया रग्बीको एसोसिएट सदस्यता प्राप्त गरेको थियो । चार वर्षपछि संघले पूर्ण सदस्यता प्राप्त गर्यो । त्यसपछि संघ २०२२ मा विश्व रग्बीको एसोसिएट सदस्य बन्यो । त्यसको दुई वर्षपछि संघले विश्व रग्बीको पूर्ण सदस्यता पायो । हालै मात्र संघ नेपाल ओलम्पिक कमिटीको सदस्यता प्राप्त गर्न सफल रह्यो ।

नेपाली राष्ट्रिय रग्बी टोलीले २०१५ यता निरन्तर अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो सहभागिता जनाइरहेको छ । यसमध्ये २०२३ मा चीनको हाङचाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा नेपाली पुरुष टोलीले रग्बी सेभेन्समा सहभागिता जनाएको थियो । यो नै रग्बी टोलीले अहिलेसम्म खेलेको सबैभन्दा ठूलो प्रतियोगिता हो ।

अन्तर्राष्ट्रिय सहभागिता हेर्ने हो भने नेपालबाट पुरुष र महिला दुवै टोलीले प्रतियोगितामा बराबरी सहभागिता जनाएका छन् । 

यो वर्षको माघ महिनामा पाकिस्तानमा हुने १४औं दक्षिण एसियाली खेलकुदमा रग्बी सेभेन्सलाई पहिलो पटक समावेश गरिएको छ । जसमा नेपाली टोलीले सहभागिता जनाउने लगभग पक्का छ ।

नेपालको पुरुषमा सेभेन-ए साइड र फिप्टिन-ए साइड दुुवैतर्फ टोली निर्माण छ । महिलातर्फ भने सेभेन -ए साइड टोलीमात्र छ । सन् २०२२ मा बंगबन्धु रग्बी फिप्टिन्स प्रतियोगिता नेपालले खेलेको पहिलो अन्तर्राष्ट्रिय फिप्टिन्स हो । ढाकामा घरेलु टोली बंगलादेशविरुद्धको खेलमार्फत रग्बी १५ मा प्रवेश गरेपछि बल्ल नेपालको विश्व रग्बी महासंघको पूर्ण सदस्य बन्ने ढोका खुलेको थियो । टोली सोही वर्ष भारतमा सम्पन्न एसिया रग्बी डिभिजन ३ मा सहभागिता जनाउँदै विश्व रग्बीको क्यालेन्डरमा प्रवेश गरेको थियो ।

अन्तर्राष्ट्रिय सहभागिता हेर्ने हो भने नेपालबाट पुरुष र महिला दुवै टोलीले प्रतियोगितामा बराबरी सहभागिता जनाएका छन् । सन् २०१५ मा चेन्नईमा भएको प्रि-ओलम्पिक क्लालिफायरमा पुरुष टोलीले मात्र भाग लिएको थियो । त्यसयता भने महिला/पुरुष दुवै टोलीले निरन्तर रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएको छ ।

नेपालले केही समयअघि मात्र राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा श्रीलंकाका लियोनार्ड डे जिल्बालाई नियुक्त गरेको छ । 

‘आसन्न १४औं सागमा पुरुष टोलीले सहभागिता जनाउने पक्का भइसकेको छ । हामी महिला टोलीको प्रतिस्पर्धाका लागि पनि आह्वान गरिरहेका छौं । एसियाली रग्बीको उपाध्यक्ष भएको हिसाबले मैले दक्षिण एसियाली ओलम्पिक कमिटीलाई महिलाको प्रतिस्पर्धा गराउन अपिल गरिरहेको छु,’ घिसिङ भन्छन्, ‘महिलालाई पनि समान अवसर दिनुपर्छ भनेर हामी लागिरहेका छौं । फेरि नेपाली महिला टोलीबाट हामी पदक आस गर्न सक्छौं ।’

सेभेन-ए साइड महिला रग्बी टोली । 

रग्बी संघले भर्खरै ललितपुरस्थित च्यासल रंगशालामा फिप्टिन्स रग्बी च्याम्पियनसिपको पाँचौं संस्करण सम्पन्न गरेको । पुरुषको प्रतिस्पर्धाले पाँचौं संस्करण पार गरिसक्दा महिला खेलाडीले यो अवसर प्राप्त गरेका छैनन् । संघले खेलाडी अभाव भएका कारण महिलाको प्रतियोगिता गर्न नसकिने बताउँदै आएको छ । कुनै पनि आधिकारिक प्रतियोगिता सञ्चालन गर्न कम्तीमा पनि चार टोलीको सहभागिता चाहिन्छ । महिलाको हकमा यो सम्भव नभएको संघको बुझाइ छ ।

नेपालले केही समयअघि मात्र राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा श्रीलंकाका लियोनार्ड डे जिल्बालाई नियुक्त गरेको छ । उनको नेतृत्वमा राष्ट्रिय टोलीले रग्बीमा फड्को मार्ने आस गरिएको छ । प्रशिक्षक जिल्बा पनि रग्बीप्रति खेलाडीको प्यासन र अनुशासन देखेर दंग छन् । उनी भन्छन्, ‘रग्बी खेलमा चाहिने मुख्य कुरा भनेको क्रिएटिभिटी, प्यासन र अनुशासन हो । मैले केटाहरूमा त्यो पक्ष देखेको छु । मैले नेपाली रग्बीको भविष्य उज्ज्वल देखेको छु । सबै रग्बीको विकासका लागि मिहिनेत गरिरहेका छन् ।’

 फिप्टिन्स रग्बी च्याम्पियनसिपको विजेता गाेर्खाली रग्बी क्लब ।