नेपाल लोकतान्त्रिक खेलकुद संघ

नेपाल लोकतान्त्रिक खेलकुद संघको कार्य सम्पादन समिति गठन

लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय समितिको पूर्ण बैठक

काठमाडौं । नेपाली काँग्रेस पार्टीको भातृ सङ्गठन नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय समितिको पूर्ण बैठक सोमबार केन्द्रीय पार्टी कार्यालय सानेपामा सम्पन्न भएको छ ।

 संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनकोअध्यक्षतामा बसेको बैठकले संघको केन्द्रीय अधिवेशन असार भित्र सम्पन्न गर्ने निर्णय गरेको छ।

बैठकले नेपाली खेलकुदको समग्र विकास र प्रवर्द्धनमा टेवा पुर्याउन अध्यक्ष शेरचनको नेतृत्वमा २१ सदस्यीय कार्य सम्पादन समिति गठन गरेको छ।

समितिमा उपाध्यक्ष वृजेन्द्र हमाल, महासचिवमा सुवोध प्रधान र दीपक गुरुङ, सचिवमा मनिष जोशी, वीरबहादुर खड्का, बखत बहादुर शाही, राजुविक्रम थापा, कोषाध्यक्षमा दशरथ रिसाल छन्।

यसैगरी सदस्यमा राजु ताम्राकार, रञ्जन थापा, कुमार बस्नेत, कुवेप्रकाश सिंह, विष्णु क्षेत्री, वेदप्रसाद वन, राम थारु, मुक्तिबाबु रेग्मी, तुलसी थापा, जनकसिंह साउद, विश्वमान गुरुङ छन्। संघको प्रवक्तामा दामोदर अर्याल नियुक्त भएका छन् ।

संघको स्थापना दिवसको उपलक्ष्यमा वैशाख १४ देखि १९ गते सम्म राष्ट्रव्यापी गणेशमान सिंह स्मृति बुद्धिचाल प्रतियोगिता आयोजना हुने भएको छ ।

वीर गणेशमान सिंह बुद्धिचाल प्रतियोगिताका लागि कार्य सम्पादन समितिका सदस्य राजु ताम्राकारलाई संयोजकको जिम्मा दिइएको छ।

केन्द्रीय बैठकले नेपाल लोकतान्त्रिक खेलकुद संघ केन्द्रीय सदस्य सुनिल गुरुङका पिता बिलबहादुर गुरुङको चैत २७ गते भएको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ।