युथ ओलम्पिक

शीतकालीन युथ ओलम्पिक टोलीलाई केल्मीको साथ

काठमाडौं । दक्षिण कोरियाको गाङवनमा हुने चौथो शीतकालीन युथ ओलम्पिकमा सहभागी हुने नेपाली टिमलाई केल्मीले बुधबार खेल पोशाक प्रायोजन गरेको छ ।

केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङका कार्यकारी निर्देशक उत्तम न्यौपानेले बुधबार नेपाल ओलम्पिक कमिटी तथा नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठलाई खेल पोशाक हस्तान्तरण गरे ।

शीतकालीन युथ ओलम्पिकमा नेपालको यो तेस्रो सहभागिता हो । यसमा प्रतिस्पर्धा यु-१९ स्तरमा हुने गर्छ । यसपल्टको प्रतियोगिता जनवरी १९ देखि फेब्रुअरी १ सम्म हुनेछ । त्यसमा नेपालका तर्फबाट पुरुषमा छोवाङ मिन्गुर तामाङ र महिलामा लक्ष्मी राईले सहभागिता जनाउने छन् । उनीहरू दुवैले स्लालम र जायन्ट स्लालममा आफ्नो चुनौती पेस गर्नेछन् ।

टोलीको प्रशिक्षकमा सफलराम श्रेष्ठ र व्यवस्थापकमा रमा भट्टराई छन् । नेपाली टोली बिहीबार  गाङवन प्रस्थान गर्दैछ । प्रतियोगिता अगाडि ‘ड्रिम फ्रोजेक्ट’ कार्यक्रमअन्तर्गत १५ दिनको विशेष कार्यत्रम पनि सञ्चालन गरिनेछ ।

अध्यक्ष श्रेष्ठले खेल पोशाक प्रायोजकका लागि धन्यवाद व्यक्त गर्दै प्रतियोगितमा नेपालको उत्कृष्ट प्रदर्शनका लागि शुभकामना पनि व्यक्त गरे ।