चैत्र ११, २०८२ बुधबार | १३:१४:४७
यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता

राडुकानु सोझै अस्ट्रेलियन ओपनमा

काठमाडौं । बेलायती महिला टेनिस स्टार इमा राडुकानुले यसै महिना हुने वर्षको पहिलो ग्राण्ड स्लाम अस्ट्रेलियन ओपनमा सहभागिताका लागि छनोट खेल्नु नपर्ने भएको छ ।

अमेरिकी खेलाडी लाउरेन डेभिसले पाखुराको चोटका कारण अस्ट्रेलियन ओपन नखेल्ने भएपछि २१ वर्षे राडुकानुले सोझै प्रतियोगिता खेल्न पाउने भएकी हुन् ।

विश्व वरियताको ३०१औं स्थानमा रहे पनि उनी १०३ नम्बरको विशेष वरियताका कारण अस्ट्रेलियन ओपनलाई सोझै छानिएकी हुन् । ६ महिनाअघि घाइते भएर आराममा जानुभन्दा अगाडि राडुकानुको वरियता १०३ थियो ।

अस्ट्रेलियन ओपन जनवरी १४ मा मेलबर्नमा सुरु हुनेछ ।

वर्षको पहिलो ग्राण्ड स्लामका लागि डेभिसले नाम फिर्ता लिएसँगै फ्रेन्च ओपनकी उपविजेता क्यारोलिना मुकोभा, इरिना क्यामेलिया बेगु र केटी म्याक नेलीले पनि नखेल्ने निर्णय लिएका छन् । यसैगरी दुई पटककी विम्बल्डन विजेता पेट्रा भिटोभाले आफू गर्भवती भएको भन्दै अस्ट्रेलियन ओपन नखेल्ने घोषणा गरेकी थिइन ।

भिटोभाले जनवरी १ को दिन समर्थकलाई नयाँ वर्षको शुभकामना दिने क्रममा आफू पहिलो सन्तान अपेक्षा गरिरहेको बताउँदै अस्ट्रेलियन ओपन नखेल्ने प्रष्ट पारेकी थिइन ।

राडुकानुले पछिल्लो पटक ग्राण्ड स्लाम गत वर्षको अस्ट्रेलियन ओपनमै खेलेकी थिइन । जहाँ उनी दोस्रो चरणमा कोको गाउफसँग पराजित भएकी थिइन ।

पूर्व युएस ओपन च्याम्पियन राडुकानुले यसै साता अकल्यान्डमा टुर म्याचमार्फत मैदानमा पुनराजमन जनाएकी थिइन । जहाँ उनले रोमानियाकी इलिा ग्याब्रियला रुसेमाथि जित हासिल गरेकी थिइन ।

गत मे महिनामा दुवै हात तथा वायाँ कुर्कुच्चाको सामान्य शल्यक्रिया गरेपछि मैदानमा उनको पहिलो खेल त्यही थियो । अकल्यान्डमा उनको दोस्रो चरणको खेल बिहीबार दोस्रो वरियताकी इलिना स्भिटोलिनाविरुद्ध हुनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो