माघ १७, २०८२ शनिबार | ०४:५५:५१
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

राडुकानु सोझै अस्ट्रेलियन ओपनमा

काठमाडौं । बेलायती महिला टेनिस स्टार इमा राडुकानुले यसै महिना हुने वर्षको पहिलो ग्राण्ड स्लाम अस्ट्रेलियन ओपनमा सहभागिताका लागि छनोट खेल्नु नपर्ने भएको छ ।

अमेरिकी खेलाडी लाउरेन डेभिसले पाखुराको चोटका कारण अस्ट्रेलियन ओपन नखेल्ने भएपछि २१ वर्षे राडुकानुले सोझै प्रतियोगिता खेल्न पाउने भएकी हुन् ।

विश्व वरियताको ३०१औं स्थानमा रहे पनि उनी १०३ नम्बरको विशेष वरियताका कारण अस्ट्रेलियन ओपनलाई सोझै छानिएकी हुन् । ६ महिनाअघि घाइते भएर आराममा जानुभन्दा अगाडि राडुकानुको वरियता १०३ थियो ।

अस्ट्रेलियन ओपन जनवरी १४ मा मेलबर्नमा सुरु हुनेछ ।

वर्षको पहिलो ग्राण्ड स्लामका लागि डेभिसले नाम फिर्ता लिएसँगै फ्रेन्च ओपनकी उपविजेता क्यारोलिना मुकोभा, इरिना क्यामेलिया बेगु र केटी म्याक नेलीले पनि नखेल्ने निर्णय लिएका छन् । यसैगरी दुई पटककी विम्बल्डन विजेता पेट्रा भिटोभाले आफू गर्भवती भएको भन्दै अस्ट्रेलियन ओपन नखेल्ने घोषणा गरेकी थिइन ।

भिटोभाले जनवरी १ को दिन समर्थकलाई नयाँ वर्षको शुभकामना दिने क्रममा आफू पहिलो सन्तान अपेक्षा गरिरहेको बताउँदै अस्ट्रेलियन ओपन नखेल्ने प्रष्ट पारेकी थिइन ।

राडुकानुले पछिल्लो पटक ग्राण्ड स्लाम गत वर्षको अस्ट्रेलियन ओपनमै खेलेकी थिइन । जहाँ उनी दोस्रो चरणमा कोको गाउफसँग पराजित भएकी थिइन ।

पूर्व युएस ओपन च्याम्पियन राडुकानुले यसै साता अकल्यान्डमा टुर म्याचमार्फत मैदानमा पुनराजमन जनाएकी थिइन । जहाँ उनले रोमानियाकी इलिा ग्याब्रियला रुसेमाथि जित हासिल गरेकी थिइन ।

गत मे महिनामा दुवै हात तथा वायाँ कुर्कुच्चाको सामान्य शल्यक्रिया गरेपछि मैदानमा उनको पहिलो खेल त्यही थियो । अकल्यान्डमा उनको दोस्रो चरणको खेल बिहीबार दोस्रो वरियताकी इलिना स्भिटोलिनाविरुद्ध हुनेछ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।