असार ८, २०८२ आइतबार | ०८:५८:५७
इन्टर मिलानले उरावा रेडलाई हरायो डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन इन्टर मिलानले उरावा रेडलाई हरायो डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन

शुक्र र भुवनलाई संयुक्तरुपमा अग्रता

शुक्रबहादुर राई ।

काठमाडौं । प्रो गल्फर शुक्रबहादुर राई र भुवनकुमारले रोक्का सूर्य नेपाल च्यालेन्जको पहिलो दिन संयुक्तरुपमा अग्रता लिएका छन् ।

रोयल नेपाल गल्फ क्लबमा शुक्र र भुवनले मंगलबार ७-अन्डर ६१ को सानदार स्कोरमा दिनेश प्रजापतीलाई तीन स्ट्रोकले पछि पारे ।

करिब दुई वर्षपछि घरेलु टुरमा फर्किएका शुक्रले सानदार पुनरागमन गरेका छन्।  तेस्रो र चौथो होलको बर्डीले फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए । यसैगरी उनले १०औं र ११औं‌ तथा यसपछि १३औं देखि १५औं होलमा लगातार तीन बर्डी प्रहार गरे । ब्याक नाइनdf ५-अन्डर २९ काे स्काेर खडा गरे । 

भुवनले पनि सानदार प्रदर्शन गरे । फ्रन्ट नाइनमा ५-अन्डर २९ को नतिजा निकालेका उनले पहिलो, चौथो, छैटौं, सातौं र आठौं होलमा बर्डीको प्रहार गरे । यसपछि १०औं, १३औं र १४औं होलमा एक/एक सट बचाएका भुवनले १६औं‌ होलको बोगीले ब्याक नाइन २-अन्डर ३२ मा सकाए ।

तेस्रो स्थानमा रहेका दिनेशले ४-अन्डर ६४ को स्कोर जोडे । नेपाल नम्बर एक भुवन नगरकोटी ३-अन्डर ६५ सहित चौथो र रामे मगर २(अन्डर ६६ को स्कोरमा पाँचौं स्थानमा छन् ।

१-अन्डर ६७ को स्कोरमा प्रदीपकुमार लामा, दीपक मगर, निरज तामाङ, जयराम श्रेष्ठ र साबिक विजेता रवि खड्काले संयुक्तरुपमा छैटौं स्थान बाँडेका छन् ।

एमेच्योरतर्फ फुन्सोकनोर्बु लामा र राहुल विश्वकर्मा इभन-पार ६८ को स्कोरसहित संयुक्तरुपमा शीर्ष स्थानमा छन् । उनीहरूले बलराम पौडेल र निश्चयजंग रायमाझीलाई एक स्ट्रोकले पछि पारेका छन् । बलराम र निश्चयले १-ओभर ६९ स्कोर गरे ।

७२ होलको ४ दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ खेलाडीको सहभागिता छ । ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ शीर्ष २१ प्रोफेसनल र एमेच्योर खेलाडीले बाँकी ३६ होलको लागि स्थान बनाउने छन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team